भक्तपुरमा ८० वर्ष अघिका फोटो प्रदर्शनी
भक्तपुर । भक्तपुर र काठमाडौँ उपत्यकाभित्रका ८० वर्ष अगाडिको दृश्य कस्तो थियो ? ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, रहनसहन, जात्रा, पर्व तथा रितिरिवाज तथा संस्कृति कस्ता थिए ? सोही समयको झल्को दिने ८० वर्ष अगाडि खिचिएका फोटो भक्तपुरमा प्रदर्शनीमा राखिने भएको छ ।
भक्तपुर पर्यटन विकास समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुरमै पहिलो पटक तीन पुस्ते ब्रिलियन्ट भक्तपुर फोटो प्रदर्शनी-२०८० को आयोजना गर्ने जानकारी दिएको हो । समितिका अध्यक्ष एवं कार्यक्रम संयोजक दीपेशराज शर्माले भक्तपुरकै पहिलो फोटोग्राफर स्व.बद्रीप्रसाद बनेपाली, उनका छोरा केदार, नाति किसन तथा नातिनी सुनी बनेपाली गरी तीन पुस्ताले विभिन्न कालखण्डमा खिचेका फोटोको प्रदर्शनी गर्न लागिएको पत्रकार सम्मेलनमा बताए ।
भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, त्यहाँको रहनसहन, जात्रा पर्व तथा रितिरिवाज, संस्कृति झल्कने ८० वर्ष अगाडिदेखि ३० वर्ष अगाडिसम्म खिचेका फोटोको प्रदर्शनीमा गरिने भएको उनले बताए ।
भक्तपुरको दरबार क्षेत्रमा यही फागुन १८ र १९ गते आयोजना हुने प्रदर्शनीमा तीन पुस्ताले खिचेका ६८ वटा तस्बीर राखिने भएको छ । विसं १९७२ मा भक्तपुरको दत्तात्रयमा जन्मिएका स्व.बद्रीप्रसाद बनेपाली १४ वर्षको उमेरमै भारतमा फोटोग्राफी तालिम लिएर फर्केपछि भक्तपुरका घर घरमा गएर फोटो खिचेर व्यावसायिक फोटोग्राफी सुरु गरेको उनका छोरा एवं फोटोग्राफर केदार बनेपालीले बताए ।
उनले भने– “बुवाले विसं २०१० मा आफ्नै घरमा दत्तात्रय फोटो स्टुडियो सञ्चालन गरेर भक्तपुरमा व्यावसायिक फोटोग्राफी सुरु गरेका थिए । मैले पनि १२ वर्षको उमेरमा बुवासँगै फोटो खिच्न सुरु गरेको थिए । मेरो छोरा र छोरीले पनि त्यही काम गरिरहेका छन् । अहिले हामी तीन पुस्ताको फोटो प्रर्दशनी गर्न पाउँदा खुसी लागेको छ ।”
प्रदर्शनीमा हाल अस्तित्वमा नरहेका सम्पदाका तस्बिर समावेश हुने उनको भनाइ छ । प्रदर्शनीले सम्पदाको परिवर्तित स्वरूपबारे नयाँ पुस्तालाई जानकारी गराउने र पर्यटकलाई आकर्षक गराउने विश्वास लिएको आयोजक समितिका सचिव रामसुन्दर भेलेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण