प्रतिनिधिसभामा प्रि–बजेट प्रस्ताव सोमबार, फागुन २१ बाट छलफल
काठमाडौँ । सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को प्रि–बजेट प्रस्ताव पेश हुने भएको छ । आइतबार बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले फागुन महिनाको संसदको क्यालेन्डर तय गर्दै सोमबारको बैठकमा अर्थमन्त्रीले प्रि–बजेट प्रस्ताव पेस गर्ने सहमति भएको हो ।
सभामुख देवराज घिमिरेको अध्यक्षतामा आइतबार बसेको परामर्श समितिको बैठकले फागु १४, १८, २१,२२, २३ र ३० गतेसम्म बैठक बस्ने क्यालेण्डरलाई अन्तिम रुप दिएको हो । सभामुख घिमिरेको सचिवालयका अनुसार सोमबार प्रि–बजेट प्रस्ताव पेश गर्ने र फागुन २१,२२ र ३० गतेको बैठकमा दलीय आधारमा छलफल हुनेछ ।
फागुन १८ गतेको बैठकमा केही विधेयकहरूलाई अघि बढाउने कार्यसूची बनाउन पनि दलहरुबिच सहमति भएको सभामुखको सचिवालयले जनाएको छ । यद्यपि प्रतिनिधिसभा बैठकको कार्यसूचीलाई सोमबार अन्तिम रुप दिने संसद सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण