बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
संसद

प्रतिनिधिसभामा प्रि–बजेट प्रस्ताव सोमबार, फागुन २१ बाट छलफल

आइतबार, १३ फागुन २०८०, १६ : ५३
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को प्रि–बजेट प्रस्ताव पेश हुने भएको छ । आइतबार बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले फागुन महिनाको संसदको क्यालेन्डर तय गर्दै सोमबारको बैठकमा अर्थमन्त्रीले प्रि–बजेट प्रस्ताव पेस गर्ने सहमति भएको हो ।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा आइतबार बसेको परामर्श समितिको बैठकले फागु १४, १८, २१,२२, २३ र ३० गतेसम्म बैठक बस्ने क्यालेण्डरलाई अन्तिम रुप दिएको हो । सभामुख घिमिरेको सचिवालयका अनुसार सोमबार प्रि–बजेट प्रस्ताव पेश गर्ने र फागुन २१,२२ र ३० गतेको बैठकमा दलीय आधारमा छलफल हुनेछ ।

फागुन १८ गतेको बैठकमा केही विधेयकहरूलाई अघि बढाउने कार्यसूची बनाउन पनि दलहरुबिच सहमति भएको सभामुखको सचिवालयले जनाएको छ । यद्यपि प्रतिनिधिसभा बैठकको कार्यसूचीलाई सोमबार अन्तिम रुप दिने संसद सचिवालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप