आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
माओवादी बैठक

राष्ट्रिय सभाको अध्यक्ष माओवादीले लिनुपर्ने स्थायी समिति सदस्यहरूको सुझाव

मङ्गलबार, १५ फागुन २०८०, १२ : ३७
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने माग उठेको छ । मंगलबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले राष्ट्रिय सभा अध्यक्षको पदमा पार्टीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अडान राख्नुपर्ने सुझाव दिएका हुन् ।

बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले बैठकमा अधिकांश स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने धारणा राखेको बताए । आजको बैठकले कार्यविभाजनबारे टुङ्गो लगाउने भनिए पनि आज सो कुरा हुन सकेको सापकोटाले जानकारी दिए । बैठकमा पूर्वनिर्धारित एजेन्डा अनुसार कार्यविभाजन, अभियान सञ्चालन र पार्टीको आगामी योजनाबारे टुङ्गो लगाउने भनिए पनि भजन शिरोमणि भक्तराज आचार्यको श्रद्धाञ्जली सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड जानुपर्ने भएकाले बैठक छोट्याइएको उनले बताए ।

सापकोटाको अनुसार आजको बैठकमा वर्तमान राष्ट्रिय परिस्थितिबारे छलफल भएको थियो । त्यस्तै भर्खरै सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकमा भएको छलफल र पारित गरेका विषयका बारेमा पनि छलफल भएको थियो । ‘अध्यक्षले आज खासै कुरा राख्नुभएन । अब उहाँले भोलि आफ्ना कुराहरू राख्नुहुन्छ होला,’ उनले भने । बैठक बुधबार बिहान पुनः बस्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप