आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानको खैबर पख्तुनख्वामा यात्रु भरिएको बस भिरबाट खस्यो, कम्तीमा १० जनाको मृत्यु

बुधबार, १६ फागुन २०८०, १५ : ४४
बुधबार, १६ फागुन २०८०

इस्लामावाद । पाकिस्तानको खैबर पख्तुनख्वामा यात्रुले भरिएको एउटा बस भिरबाट खसेको छ । मंगलबार रातिको यस घटनामा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ । यस घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् । बस निकै तीव्र गतिमा गुडिरहेको प्रहरीले जनाएको छ । एउटा मोडमा चालकले नियन्त्रण गुमाएपछि बस भिरमा खसेको हो ।

बस हरिपुर जिल्लाको खानपुरको पहाडी गाउँतर्फ जाँदै गरेको थियो । बाटोमा तर्नवामा भन्ने ठाउँमा बस दुर्घटनामा पर्यो । मृत्यु हुनेमा पुरुष, महिला र बालबालिका समेत रहेका छन् । बस भिरबाट खसेको खबर आएलगत्तै उद्धार टोली घटनास्थलमा पठाइएको थियो । स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप