पाकिस्तानको खैबर पख्तुनख्वामा यात्रु भरिएको बस भिरबाट खस्यो, कम्तीमा १० जनाको मृत्यु
बुधबार, १६ फागुन २०८०, १५ : ४४
इस्लामावाद । पाकिस्तानको खैबर पख्तुनख्वामा यात्रुले भरिएको एउटा बस भिरबाट खसेको छ । मंगलबार रातिको यस घटनामा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ । यस घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् । बस निकै तीव्र गतिमा गुडिरहेको प्रहरीले जनाएको छ । एउटा मोडमा चालकले नियन्त्रण गुमाएपछि बस भिरमा खसेको हो ।
बस हरिपुर जिल्लाको खानपुरको पहाडी गाउँतर्फ जाँदै गरेको थियो । बाटोमा तर्नवामा भन्ने ठाउँमा बस दुर्घटनामा पर्यो । मृत्यु हुनेमा पुरुष, महिला र बालबालिका समेत रहेका छन् । बस भिरबाट खसेको खबर आएलगत्तै उद्धार टोली घटनास्थलमा पठाइएको थियो । स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण