केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड आगामी वैशाखमा
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको मिति निर्धारण गरिएको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता २०८१ साल बैशाख ४ गतेदेखि ६ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रण गर्नेलगायत निर्णय पनि गरेको छ । त्रिपुरेश्वरस्थित राखेपमा भएको बैठकमा प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्यसचिव हंशराज वाग्ले, मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण विकास मन्त्रालयका सचिव चूडामणि फुयाल, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी र गण्डकीका सदस्यसचिव श्रीधर शर्माको उपस्थिति रहेको थियो ।
यसैगरी बैठकमा लुम्बिनी प्रदेशका सदस्यसचिव जयप्रकाश भट्टराई, सुदूरपश्चिम प्रदेशका सदस्यसचिव दीपक सिंह, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव विष्णु भट्टराई, राखेपका सदस्यद्वय अञ्जन धमला र प्रकाशकुमारी कुसारी, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगतालगायतको उपस्थिति रहेको थियो ।
राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्डका लागि सात सय ५३ स्थानिय तहमध्ये अधिकांशमा छनोट प्रतियोगिता सम्पन्न भइसकेको र केहीमा हुने क्रममा रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण