नेपाल आइडलको नयाँ सिजन फागुन २५ बाट

काठमाडौँ । गायन रियालिटी शो नेपाल आइडलको पाँचौँ संस्करण मार्च ८ अर्थात् यही फागुन २५ गतेबाट प्रसारणमा आउने भएको छ । निर्माण संस्था एपीवान टेलिभिजनले बुधबार साँझ एक कार्यक्रमकाबिच प्रदर्शन मिति जानकारी दिएको हो ।
‘जहाँ सङ्गीत जीवन्त हुन्छ’ भन्ने स्लोगन रहेको शो गायनमा नव प्रतिभा खोज्ने उद्देश्यले आयोजना हुँदै आएको हो । यो सिजनको अडिसन समेत सम्पन्न भैसकेको छ । देशभर भएका ओपन अडिसनदेखि जज राउन्ड अडिसन प्रसारण हुनेछ ।
जज राउन्डबाट छानिएका १ सय ५२ जनाले आगामी चरणका लागि प्रतिस्पर्धा गर्नेछन् । यसअघिका संस्करणमा ९० देखि १ सय २० जनासम्म प्रतिस्पर्धी जज राउन्डमा पुगेका थिए । नेपाल आइडलका चौथो संस्करणसम्म सफलतापूर्वक सम्पन्न गरिसकेको एवीवान टेलिभिजन पाँचौँ संस्करण अझ विशेष हुनेमा विश्वस्त छ ।
पाँचौँ संस्करणमा पहिलो, दोस्रो र तेस्रो संस्करणका निर्णायक न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी नै रहेका छन् । प्रस्तोता आसिफ साह र रिमा विश्वकर्मा रहनेछन् ।
शोको पहिलो चरणको अडिसन झापाको विर्तामोड, महोत्तरीको बर्दिबास, मकवानपुरको हेटौंडा, कैलालीको अत्तरिया, सुर्खेतको वीरेन्द्रनगर, दाङको घोराही र कास्कीको पोखरापछि संघीय राजधानी काठमाडौँमा भएको थियो ।
कार्यक्रममा मेनुका पौडेलको विषयलाई लिएर प्रतिभा चिन्न नसकेको आरोपको विषयमा निर्णायकलाई प्रश्न गरिएको थियो । जसमा निर्णायकहरुले मेनुका पौडेललाई आफूहरूले गरेको प्रतिक्रिया दिए । उनी भोटिङका आधारमा टप ११ बाट बाहिरिएको जानकारी दिए ।
इन्डियन आइडलमा गएर चर्चा कमाएसँगै नेपाल आइडलका निर्णायकमाथि प्रतिभा चिन्न नसकेको भन्ने आरोप ठिक नभएको न्ह्यु बज्राचार्यले बताए ।
त्यस्तै, आइडलकी अर्की निर्णायक इन्दिरा जोशीले मेनुका जस्तै अन्य प्रतिस्पर्धीलाई भारतबाट अफर बारम्बार आउने गरेको बताइन् । उनले भनिन् ‘यसले नेपालमा प्रतिभा धेरै रहेको जानकारी मिल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२ आयोजना हुने
-
विद्यालय शिक्षा विधेयक अन्योल : किन भइरहेको छ ढिलाइ ?
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?
-
दिल्लीबाट काठमाडौँ चल्ने बस प्रयोग गरेर तस्करी, ६ जनाविरूद्ध मुद्दा दायर
-
जन्मनासाथ पाँच हजार, मृत्युपछि दश हजार !
-
खुपेन सुनुवारको ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ सार्वजनिक