नेपाल आइडलको नयाँ सिजन फागुन २५ बाट
काठमाडौँ । गायन रियालिटी शो नेपाल आइडलको पाँचौँ संस्करण मार्च ८ अर्थात् यही फागुन २५ गतेबाट प्रसारणमा आउने भएको छ । निर्माण संस्था एपीवान टेलिभिजनले बुधबार साँझ एक कार्यक्रमकाबिच प्रदर्शन मिति जानकारी दिएको हो ।
‘जहाँ सङ्गीत जीवन्त हुन्छ’ भन्ने स्लोगन रहेको शो गायनमा नव प्रतिभा खोज्ने उद्देश्यले आयोजना हुँदै आएको हो । यो सिजनको अडिसन समेत सम्पन्न भैसकेको छ । देशभर भएका ओपन अडिसनदेखि जज राउन्ड अडिसन प्रसारण हुनेछ ।
जज राउन्डबाट छानिएका १ सय ५२ जनाले आगामी चरणका लागि प्रतिस्पर्धा गर्नेछन् । यसअघिका संस्करणमा ९० देखि १ सय २० जनासम्म प्रतिस्पर्धी जज राउन्डमा पुगेका थिए । नेपाल आइडलका चौथो संस्करणसम्म सफलतापूर्वक सम्पन्न गरिसकेको एवीवान टेलिभिजन पाँचौँ संस्करण अझ विशेष हुनेमा विश्वस्त छ ।
पाँचौँ संस्करणमा पहिलो, दोस्रो र तेस्रो संस्करणका निर्णायक न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी नै रहेका छन् । प्रस्तोता आसिफ साह र रिमा विश्वकर्मा रहनेछन् ।
शोको पहिलो चरणको अडिसन झापाको विर्तामोड, महोत्तरीको बर्दिबास, मकवानपुरको हेटौंडा, कैलालीको अत्तरिया, सुर्खेतको वीरेन्द्रनगर, दाङको घोराही र कास्कीको पोखरापछि संघीय राजधानी काठमाडौँमा भएको थियो ।
कार्यक्रममा मेनुका पौडेलको विषयलाई लिएर प्रतिभा चिन्न नसकेको आरोपको विषयमा निर्णायकलाई प्रश्न गरिएको थियो । जसमा निर्णायकहरुले मेनुका पौडेललाई आफूहरूले गरेको प्रतिक्रिया दिए । उनी भोटिङका आधारमा टप ११ बाट बाहिरिएको जानकारी दिए ।
इन्डियन आइडलमा गएर चर्चा कमाएसँगै नेपाल आइडलका निर्णायकमाथि प्रतिभा चिन्न नसकेको भन्ने आरोप ठिक नभएको न्ह्यु बज्राचार्यले बताए ।
त्यस्तै, आइडलकी अर्की निर्णायक इन्दिरा जोशीले मेनुका जस्तै अन्य प्रतिस्पर्धीलाई भारतबाट अफर बारम्बार आउने गरेको बताइन् । उनले भनिन् ‘यसले नेपालमा प्रतिभा धेरै रहेको जानकारी मिल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण