सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितलाई भरतपुर महानगरको एक करोड सहयोग

शुक्रबार, १८ फागुन २०८०, १६ : २३
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । भरतपुर महानगरपालिकाले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितको सहयोगका लागि भरतपुर महानगरले एक करोड रुपैयाँ सहयोग गरेको हो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी  महानगरका मेयर रेणु दाहालले प्रधानमन्त्री प्रचण्डलाई शुक्रवार एक करोड रकमको चेक  हस्तान्तरण गरेकी हुन् । सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ। गत कार्त्तिक १९ गते बसेको महानगर कार्यपालिकाको बैठकले भूकम्प पीडितलाई एक करोड आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप