भूकम्प पीडितलाई भरतपुर महानगरको एक करोड सहयोग
शुक्रबार, १८ फागुन २०८०, १६ : २३
काठमाडौँ । भरतपुर महानगरपालिकाले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितको सहयोगका लागि भरतपुर महानगरले एक करोड रुपैयाँ सहयोग गरेको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी महानगरका मेयर रेणु दाहालले प्रधानमन्त्री प्रचण्डलाई शुक्रवार एक करोड रकमको चेक हस्तान्तरण गरेकी हुन् । सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ। गत कार्त्तिक १९ गते बसेको महानगर कार्यपालिकाको बैठकले भूकम्प पीडितलाई एक करोड आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
-
दोस्रो हाफ सुरुः साबिक विजेता अर्जेन्टिना दबाबमा
-
विश्वकप फाइनलकै बिचमा बत्ती गयो, काठमाडौँका अधिकांश स्थान अन्धकार
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण