क्यूआर कोडबाट दैनिक कति गर्न पाइन्छ कारोबार ?
काठमाडौँ । डिजिटल बैंकिङ कारोबारको सरल प्रणाली आजभोलि क्यूआर कोडको प्रयोग बढ्दो छ । मोबाइल बैंकिङ वा वालेटहरूमार्फत सहजै भुक्तानी गर्न सकिने यो प्रविधि किनमेलदेखि बिल भुक्तानीका लागि लोकप्रिय छ ।
नेपाल राष्ट्र बैंकले मोबाइल एप्लिकेशन र इन्टरनेट बैंकिङद्वारा गरिने कारोबार रकमको सीमा निर्धारण गरेको छ । जस अनुसार मोबाइल एप्लिकेशन (क्यूआर कोड समेत) बाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ ।
यस्तै, इन्टरनेट बैंकिङ प्रणालिमार्फत दैनिक २० लाख रुपैयाँसम्म वित्तीय कारोबार गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।
तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न, नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिस्ट्रेसन र सेवा शुल्क जस्ता विविध शुल्कहरू भुक्तानी गर्न, विद्युत् सेवा दूरसञ्चार सेवा, खानेपानी सेवा, बिमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकमको भुक्तानी गर्न, धितो पत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितो पत्र दलालहरूसँग धितोपत्रको कारोबार गरेबापत अनुमतिप्राप्त तोकिएबमोजिमका विशेष भुक्तानी सेवा लागि यो सीमा लागु नहुने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण