सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अवैध लागू औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

बुधबार, २३ फागुन २०८०, १२ : १७
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित द प्रिन्ट्स ट्याटु हाउसबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ८० मिलिग्रामसहित ट्याटु हाउसका संचालक सोही उपमहानरपालिका–४ डम्फु चोक बस्ने धनकुटा छथर गाउँपालिका घर भएका मनिष लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले ट्याटु हाउस तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित हुम्ला चङ्खेलि गाउँपालिका–२ घर भएका ३५ वर्षीय अंग बहादुर शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१६ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १०३ ग्राम ३ सय मिलिग्रामसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहराईच मुसेला सलार थाना बस्ने २१ वर्षीय ईरफान कुरेसी, २७ वर्षीय मोहम्मद खलि खाँ र १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ३२ डीके नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यता झापाको अर्जुनधारा नगरपालिका–११ नयाँबसपार्कबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम र गाँजा ७० ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३५ वर्षीया अप्सना भन्ने निसा खातुनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नयाँबसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागू औषधसहित पक्राउ गरेको हो । 

यसैगरी झापा, अर्जुनधारा नगरपालिका–१० कालिस्थानबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय विशाल तामाङ र २४ वर्षीय विकाश आङदम्बे रहेका छन् । अस्थायी प्रहरी पोष्ट नयाँबसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-११ भुजेलाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्रामसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१८ भगतपुर बस्ने १९ वर्षीय दिपक महरा, सोही नगरपालिका-१८ डेरा गरी बस्ने बैतडी पुर्चुडी नगरपालिका–५ घर भएका ३० वर्षीया अमृता खत्री बोहरा र दोधारा चाँदानी नगरपालिका–७ बस्ने १८ वर्षीया किशोरी रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

  जुम्ला, चन्दननाथ नगरपालिका–७ मिचास्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ मिलिग्रामसहित सोही नगरपालिका–१० बस्ने २० वर्षीय रितेश न्यौपानेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप