ठाकुर,राउत र चौधरी कांग्रेससँगको छलफलमा
काठमाडौँ । नेपाली कांग्रेसले विकल्प गठबन्धनका लागि साना दलहरूसँग संवाद थालेको छ । बुधवार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग छलफल गरिरहेको छ ।
कांग्रेस सभापति देउवाले ठाकुर, राउत र चौधरीलाई फोन गरेर भेटवार्ताका लागि बोलाएका थिए । छलफलमा कांग्रेसबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा नेता, शेखर कोइराला र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।
एमाले र माओवादीसहितको नयाँ गठबन्धन बनेपछि सत्ता विमुख भएको कांग्रेसले जनमत, लोसपा र नाउपासँग सहकार्यका लागि छलफल थालेको देखिन्छ । कांग्रेस नेताहरू राप्रपासँग पनि संवाद गरिरहेका छन् । राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले राष्ट्रवादी लोकतान्त्रिक गठबन्धन बनाएर जान आफूहरू तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण