माओवादी स्थायी समिति बैठक सर्यो
बुधबार, २३ फागुन २०८०, १९ : ०२
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्वनिर्धारित स्थायी समिति बैठक स्थगित भएको छ । फागुन ११ गते बसेको बैठकले बाँकी नेताहरूको कार्यविभाजन, विधान संशोधन लगायत विषयमा छलफल गर्न फागुन २८ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो ।
तर एकाएक समीकरण बदलिएपछि बैठक स्थगित भएको स्थायी समिति सदस्य कमला रोकाले जानकारी दिइन् । रोकाका अनुसार बैठक चैत १ गते बस्नेछ ।
‘नयाँ विकसित घटनाक्रमका कारण फागुन २८ को बैठक स्थगित गरी चैत १ गते बोलाइएको छ’, उनले जानकारी दिइन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य भंग गरी एमालेसँग मिलेर नयाँ समीकरण बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण