भारत–इङ्ल्यान्ड पाँचौँ टेस्ट : पहिलो दिन ११ विकेट खस्यो
काठमाडौँ । भारत र इङ्ल्यान्डबिचको पाँचौँ तथा अन्तिम टेस्ट क्रिकेटको पहिलो दिन बिहीबार दुवै टोलीको गरी कुल ११ विकेट खसेको छ ।
टस जिती पहिले पहिले ब्याटिङ रोजेको इङ्ल्यान्ड आफ्नो पहिलो पालीमा केवल दुई सय १८ रन बनाउँदै अलआउट भएको थियो ।
इङ्ल्यान्डका लागि ओपनर ज्याक क्रावलीले ७९ रन बनाए । जोनी ब्रेस्टाले २९ रन जोडे । टेस्ट क्रिकेटमा यो उनको एक सयौँ खेल हो । भारतका बलर कुलदीप यादबले पाँच विकेट लिए । रविचन्द्रन आश्विनले पनि चार विकेट हात पारे । आविश्वनको पनि यो एक सयौँ टेस्ट हो ।
जवाफी ब्याटिङमा ओर्लिएको भारतले पहिलो दिनको खेल सकिँदासम्म एक विकेट गुमाएर एक सय ३५ रन बनाएको छ । भारतका ओपनर ब्याट्सम्यान यशस्वी जैसवाल ५७ रन बनाउँदै आउट भए । अर्का ओपनर रोहित शर्मा ५२ रन बनाउँदै क्रिजमा छन् ।
सुभमन गिल पनि २६ रन बनाउँदै क्रिजमा छन् । इङ्ल्यान्डका बलर सोएब बसिरले एक विकेट लिएका छन् । पाँच टेस्टको शृंखलामा भारत ३–१ ले अगाडि छ । पाँचौँ टेस्ट धर्मशालामा खेलिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण