शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारत–इङ्ल्यान्ड पाँचौँ टेस्ट : पहिलो दिन ११ विकेट खस्यो

बिहीबार, २४ फागुन २०८०, १७ : ४३
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । भारत र इङ्ल्यान्डबिचको पाँचौँ तथा अन्तिम टेस्ट क्रिकेटको पहिलो दिन बिहीबार दुवै टोलीको गरी कुल ११ विकेट खसेको छ । 

टस जिती पहिले पहिले ब्याटिङ रोजेको इङ्ल्यान्ड आफ्नो पहिलो पालीमा केवल दुई सय १८ रन बनाउँदै अलआउट भएको थियो ।

इङ्ल्यान्डका लागि ओपनर ज्याक क्रावलीले ७९ रन बनाए । जोनी ब्रेस्टाले २९ रन जोडे । टेस्ट क्रिकेटमा यो उनको एक सयौँ खेल हो । भारतका बलर कुलदीप यादबले पाँच विकेट लिए । रविचन्द्रन आश्विनले पनि चार विकेट हात पारे । आविश्वनको पनि यो एक सयौँ टेस्ट हो ।

जवाफी ब्याटिङमा ओर्लिएको भारतले पहिलो दिनको खेल सकिँदासम्म एक विकेट गुमाएर एक सय ३५ रन बनाएको छ । भारतका ओपनर ब्याट्सम्यान यशस्वी जैसवाल ५७ रन बनाउँदै आउट भए । अर्का ओपनर रोहित शर्मा ५२ रन बनाउँदै क्रिजमा छन् ।

सुभमन गिल पनि २६ रन बनाउँदै क्रिजमा छन् । इङ्ल्यान्डका बलर सोएब बसिरले एक विकेट लिएका छन् । पाँच टेस्टको शृंखलामा भारत ३–१ ले अगाडि छ । पाँचौँ टेस्ट धर्मशालामा खेलिँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप