ममाथि कुनै दाग लागेन : पूर्वमन्त्री किराँती
काठमाडौँ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले आफूमाथि कुनैपनि दाग नलागेको बताएका हुन् । उनले आफू मन्त्रालयबाट बेदाग भएर खुशीसाथ निस्किएको बताए । उनले एक वर्षको अवधिमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भएको बताए ।
पूर्वमन्त्री किराँतीले मन्त्रीको रुपमा रहँदा आफू कुनैपनि विवादमा नआएपनि विवादित बनाइएको बताए । प्रधानमन्त्रीलाई अनुभवी मन्त्रीहरुको आवश्यकता भएका कारण आफू नयाँ मन्त्रीमण्डलमा समावेश हुन नसकेको उनले बताए ।
उनले भने, ‘अहिलेको जटिल परिस्थितिमा अनुभवी मन्त्रीहरुको आवश्यकता छ । यो जटिलतामा संकट मोचनका निम्ति, डुंगालाई पार लगाउनको निम्ति अनुभवी मन्त्रीहरुको जरुरी छ । प्रधानमन्त्रीले टिम मिलाउनु भएको छ । म भन्दापनि अनुभवी हुनुहुन्छ नि उहाँहरु । मन्त्रालयबाट निस्किदाँखेरी मैले एकदमै खुशीसाथ म निस्किन पाएँ । किनकि म बेदाग फर्किएँ । ममाथि दाग लागेन । एक वर्षमा मैले धेरै काम गरेको छु । त्यसको परिणाम निस्किने बेला भइसकेको छ । म विवादित छैन । विवादित बनाइएको हो ।’
पूर्वमन्त्री किराँतीले सरकारले विश्वासको मत पाउने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण