बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ममाथि कुनै दाग लागेन : पूर्वमन्त्री किराँती

बिहीबार, २४ फागुन २०८०, १८ : २५
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले आफूमाथि कुनैपनि दाग नलागेको बताएका हुन् । उनले आफू मन्त्रालयबाट बेदाग भएर खुशीसाथ निस्किएको बताए । उनले एक वर्षको अवधिमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भएको बताए । 

पूर्वमन्त्री किराँतीले मन्त्रीको रुपमा रहँदा आफू कुनैपनि विवादमा नआएपनि विवादित बनाइएको बताए । प्रधानमन्त्रीलाई अनुभवी मन्त्रीहरुको आवश्यकता भएका कारण आफू नयाँ मन्त्रीमण्डलमा समावेश हुन नसकेको उनले बताए ।

उनले भने, ‘अहिलेको जटिल परिस्थितिमा अनुभवी मन्त्रीहरुको आवश्यकता छ । यो जटिलतामा संकट मोचनका निम्ति, डुंगालाई पार लगाउनको निम्ति अनुभवी मन्त्रीहरुको जरुरी छ । प्रधानमन्त्रीले टिम मिलाउनु भएको छ । म भन्दापनि अनुभवी हुनुहुन्छ नि उहाँहरु । मन्त्रालयबाट निस्किदाँखेरी मैले एकदमै खुशीसाथ म निस्किन पाएँ । किनकि म बेदाग फर्किएँ । ममाथि दाग लागेन । एक वर्षमा मैले धेरै काम गरेको छु । त्यसको परिणाम निस्किने बेला भइसकेको छ । म विवादित छैन । विवादित बनाइएको हो ।’

पूर्वमन्त्री किराँतीले सरकारले विश्वासको मत पाउने पनि बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप