युद्धग्रस्त सुडानबाट अलपत्र परेका १७७ यमनीहरू घर फर्किए
एडेन । सुडानमा जारी द्वन्द्वका कारण अलपत्र परेका १७७ यमनी नागरिकहरू बिहीबार दक्षिणी यमनको एडेनमा सुरक्षित रूपमा फर्किएका छन् ।
एडेन अन्तरराष्ट्रिय विमानस्थलका सुरक्षा निर्देशक अब्दुल्ला काइद कारौनले पोर्ट सुडानबाट यमनी एयरलाइन्सको विमानबाट उनीहरू सकुशल यहाँ आइपुगेको बताए । वृद्धवृद्धा, महिला र बालबालिका सहितको टोलीलाई विमानस्थलमा न्यानो स्वागत गरिएको थियो । यमन सरकार र स्थानीय व्यापारीबाट उनीहरूलाई आर्थिक सहयोग समेत प्रदान गरिएको छ ।
सुडानी द्वन्द्वमा परेकाहरूलाई फिर्ता ल्याउने उद्देश्यले गत वर्ष स्वदेश फिर्ता ल्याउने प्रयासस्वरूप सुडानबाट यमेनी नागरिकहरू स्वदेश ल्याउन पहल गरिएको छ ।
सन् २०१४ को अन्तमा सुरु भएको हिंसाबाट शरण लिन सयौँ यमनी परिवारहरू सुडान लगायतका छिमेकी देशहरूमा पलायन भएका छन् ।
यद्यपि सन् २०२३ अप्रिलमा सुडानमा पनि युद्ध सुरु भएपछि शरणार्थीका रूपमा त्यहाँ आश्रय लिन प्रतिकूल वातावरण हुन थालेपछि यमनीहरू स्वदेश फर्किन थालेका छन् । -(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण