रिटर्नी सेन्टर नेपालको प्रथम सम्मेलन चैत ९ र १० मा
काठमाडौँ । रिटर्नी सेन्टर नेपालले पहिलो सम्मेलन चैत्र ९ र १० गते गर्ने तयारी गरेको छ। चितवन भरतपुरमा हुने सम्मेलनका लागि सेन्टरले स्थानीय तह, जिल्ला र प्रदेश सम्मेलन धमाधम गर्दै छ।
चैत्र ३ गतेसम्ममा सबै प्रदेश सम्मेलन सकेर ९ र १० गते प्रथम राष्ट्रिय सम्मेलन गर्न लागेको हो। प्रथम सम्मेलनलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन र सम्बोधन गर्ने योजना रहेको छ।
सम्मेलनमा प्रत्येक गाउँपालिकाबाट १ , नगरपालिकाबाट २, उपमहानगरबाट ३, महानगरबाट ४ र जिल्लाबाट ३, प्रदेशबाट १० गरेर १ हजार ४९५ जना प्रतिनिधि सहभागी हुनेछन् ।
'एक रिटर्नी, एक उद्यम प्रविधिको माध्यम' भन्ने मूल नारा सहित हुन लागेको प्रथम सम्मेलनमा कृषि तथा डिजिटल प्रविधिबारे वर्कसप समेत हुने जनाइएको छ।
सम्मेलनको तयारी तीव्र रूपमा भइरहेको प्रचार विभागका प्रमुख रमेश खावाजुले जनाए। खावाजुका अनुसार बागमती प्रदेश सम्मेलन सकिएको र २६ गते गण्डकी , २९ गते मधेस प्रदेश , ३० गते सुदूरपश्चिम चैत्र ३ गते कोशी प्रदेश र लुम्बिनी प्रदेश, ६ गते कर्णाली प्रदेशको सम्मेलन हुने भएको छ ।
स्थापना भएको केहि महिनामै ६० भन्दा बढी जिल्लामा सङ्गठन निर्माण गरेको सेन्टरले विदेशमा सिकेको ज्ञान,सीप, प्रविधि र आर्जन गरेको पुजिलाई प्रयोग गरेर नेपालमा उत्पादन बढाउने,रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण