नेपाल आइडल सिजन ५ आजदेखि सुरु हुने
काठमाडौँ । गायन रियालिटी शो नेपाल आइडलको पाँचौँ संस्करण आजबाट प्रसारण सुरु हुँदैछ । साँझ ८:३० बजे एपिवान टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको सात प्रदेशका आठ सहरमा अडिसन भएको थियो ।
कार्यक्रमको पहिलो एपिसोडमा बिर्तामोड अडिसन देखाइने नेपाल आइडलका निर्देशक सुरेश पौडेलले बताए । निर्देशक पौडेलका अनुसार यो सिजनले दर्शकलाई भरपुर मनोरञ्जन दिने र नेपाली संगीत क्षेत्रका लागि असाध्यै प्रतिभावान गायक गायिका खोजी गर्नेछ ।
नेपाली संगीत क्षेत्रका लागि नेपाल आइडल एक कडीको रुपमा स्थापित छ । अहिले नेपाली संगीत जगदम राज गरिरहेका अश्मिता अधिकारी, रचना रिमाल, निशान भट्टराई, प्रताप दाश लगायतका गायक गायिकाहरु नेपाल आइडलकै उत्पादन हो ।
नेपालमा अन्य गायन रियालिटी शोहरु भए पनि नेपाल आइडलले छुट्टै पहिचान बनाएको छ । ‘सिजन ५’ मा ‘सिजन २’ का प्रस्तोता र जजहरु एकत्र भएका छन् । त्यसैले पनि यो सिजनको चर्चा राम्रो भइरहेको छ । जजका रुपमा न्य्हू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन् भने कार्यक्रमलाई आशिफ शाह र रीमा विश्वकर्माले सन्चाल गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण