शो नदिएको भन्दै देशभरका हलबाट उतारियो काँडेतार
काठमाडौँ । फागुन २५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘काँडेतार’ लाई शनिबारदेखि प्रदर्शन नगर्ने निर्णय निर्माण कम्पनी सामना फिल्मस् प्रा. लि. ले गरेको छ । हलवालाहरूले चलचित्रलाई पर्याप्त शो नदिएको भन्दै प्रदर्शन नगर्ने निर्णय गरिएको निर्माता तथा निर्देशक नवल खड्काले जानकारी दिए ।
हिन्दी फिल्मलाई करिब ११५ वटा शो उपलब्ध गराइएपनि काँडेतारलाई मुस्किलले करिब २३ वटा शो दिइएको उनले बताए । अङ्ग्रेजी फिल्मलाई पनि करिब ७० वटा शो हल उपलब्ध गराइएको उनको भनाइ छ । ‘चलचित्र शोमा प्राइम टाइम अति महत्त्वपूर्ण मानिन्छ । यही समयमा दर्शकहरू चलचित्र हेर्न निस्कन्छन्। तर चलचित्र काँडेतारलाई यस्तो प्राइम टाइम उपलब्ध गराइएन। दुई अन्य चलचित्र प्रत्येकलाई करिब ८०/९० वटा शोहरू प्राइम टाइममा दिइएको छ। तर हाम्रो चलचित्र काँडेतारलाई मुस्किलले करिब २३ वटा शो दिइएको थियो । ती पनि बिहान ८,९ र १० बजेका अधिकांश शोहरू छन् । जुन समय दर्शकहरू दैनिक चर्याका कारण घरबाट निस्केर चलचित्र हेर्ने गर्दैनन्,’ उनले भने ।
चलचित्र हलहरूबाट शो दिइँदा प्राइम टाइममा गडबडी हुन्छ भन्ने आफूहरूको कल्पनाभन्दा बाहिरको कुरा भएको र अन्तिम घडीमा चाल पाइएको उनको भनाइ छ । ‘त्यसबेला हामीले काँडेतारको प्रदर्शन रोक्न सम्भव थिएन। त्यसैले हामीले संकेतिकरुपमा चलचित्र शो गर्ने र आजचाहिँ रोक्ने नै निर्णय गरेका छाैँ, जुन कुरा हामीले चलचित्र हलवालालाई हिजो नै जानकारी गराएका थियौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण