शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘मैत बहादुर परियार’ गेटअपमा यस्तो देखिए प्रदीप

आइतबार, २७ फागुन २०८०, १२ : २५
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । अभिनेता प्रदीप खड्का अहिले फिल्म ‘पूजार सार्की’को छायाङ्कनमा छन् । निर्माण युनिटले आज प्रदीपको जन्मदिन पारेर फिल्म भित्र रहने उनको लुक्स सार्वजनिक गरेको छ । जसमा उनी अहिलेसम्मकै फरक गेटअपमा देखिएका छन् । उनको लुक्सलाई निर्माण युनिटले ‘मैत बहादुर परियार’ नाम दिइएको छ ।

फिल्ममा प्रदीप दलित युवकको भूमिकामा देखिँदै छन् । पोस्टरबाट उनी विवाहमा दमाहा बजाउने दमाई पात्रको रूपमा देखिने अनुमान गर्न सकिन्छ । लामो कपालमा कालो टोपी र कालै रङ्गको स्टकोट लगाएका प्रदीपको लुक्सले फिल्मप्रति दर्शकको कौतुहलता बढाउनेछ ।

फिल्ममा अभिनेता आर्यन सिग्देल पूजारीको भूमिकामा देखिँदै छन् । अर्का अभिनेता पल शाहको भूमिकाको बारेमा भने खुलाइएको छैन । यी तीन कलाकार यो फिल्ममा पहिलो पटक देखिन लागेका हुन् । आगामी वर्षको जेठमा प्रदर्शन हुने फिल्मको निर्देशक दिनेश राउत हुन् ।

फिल्ममा प्रदीप, आर्यन, पलको अलावा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, प्रेम सुब्बा, शङ्कर आचार्यको अभिनय छ । संगीतकार सुवास भुसालको एकल निर्माण रहेको फिल्मको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप