‘मैत बहादुर परियार’ गेटअपमा यस्तो देखिए प्रदीप
काठमाडौँ । अभिनेता प्रदीप खड्का अहिले फिल्म ‘पूजार सार्की’को छायाङ्कनमा छन् । निर्माण युनिटले आज प्रदीपको जन्मदिन पारेर फिल्म भित्र रहने उनको लुक्स सार्वजनिक गरेको छ । जसमा उनी अहिलेसम्मकै फरक गेटअपमा देखिएका छन् । उनको लुक्सलाई निर्माण युनिटले ‘मैत बहादुर परियार’ नाम दिइएको छ ।
फिल्ममा प्रदीप दलित युवकको भूमिकामा देखिँदै छन् । पोस्टरबाट उनी विवाहमा दमाहा बजाउने दमाई पात्रको रूपमा देखिने अनुमान गर्न सकिन्छ । लामो कपालमा कालो टोपी र कालै रङ्गको स्टकोट लगाएका प्रदीपको लुक्सले फिल्मप्रति दर्शकको कौतुहलता बढाउनेछ ।
फिल्ममा अभिनेता आर्यन सिग्देल पूजारीको भूमिकामा देखिँदै छन् । अर्का अभिनेता पल शाहको भूमिकाको बारेमा भने खुलाइएको छैन । यी तीन कलाकार यो फिल्ममा पहिलो पटक देखिन लागेका हुन् । आगामी वर्षको जेठमा प्रदर्शन हुने फिल्मको निर्देशक दिनेश राउत हुन् ।
फिल्ममा प्रदीप, आर्यन, पलको अलावा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, प्रेम सुब्बा, शङ्कर आचार्यको अभिनय छ । संगीतकार सुवास भुसालको एकल निर्माण रहेको फिल्मको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण