बराबरीमा टुंगियो लिभरपुल र सिटीको भिडन्त
एनफिल्ड । प्रतिस्पर्धात्मक खेलमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेलेपछि आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा कायम रहेको छ । आइतबार दुई उपाधि दाबेदारबिचको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।
खेलको २३ औँ मिनेटमा केभिन डी ब्रुयनाको पासमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै लिभरपुलले पेनाल्टी पायो । त्यसलाई एलेक्सिस म्याक एलिस्टरले गोलमा परिणत गर्दै खेल बराबरी गरे । लिगमा उनले प्रहार गरेका १० मध्ये ९ पेनाल्टीलाई गोलमा परिणत गर्न सफल भएका छन् ।
त्यसपछि दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् । लिभरपुलका लुइस डियाजले गोलको सुन्दर अवसर गुमाएका थिए भने उता सिटीका फिल फोडेनको प्रयास गोलकिपर कोइमहिन केलेहरले विफल बनाएका थिए ।
२८ खेलपछि लिभरपुलको ६४ अङ्क रहेको छ । टोली गोलअन्तरको आधारमा लिगमा दोस्रो स्थानमा छ । ६३ अङ्कसहित सिटी तेस्रो स्थानमा छ ।
आइतबार नै भएका अन्य खेलमा पाँचौँ स्थानमा रहेको टोटनह्यामले चौथो स्थानको एस्टन भिल्लालाई ४–० गोलले हरायो । ब्राइटनले नटिङह्याम फरेस्टलाई १–० ले पराजित गर्दा वेस्ट ह्याम र बर्नलीले २–२ को बराबरी खेले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण