आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै
सोमबार, २८ फागुन २०८०, ०७ : ५३

काठमाडौँ । आज शेर्पा समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व ग्याल्पो ल्होसार । देश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् । यो शेर्पा समुदायको नयाँ वर्ष हो ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् ।
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन थालिएको हो । विगतमा हिमाली जिल्लामा मात्रै मनाइने यो पर्व अहिले देशैभरि फैलिएको छ । शेर्पा समुदायको उपस्थिति भएका सबैजसो जिल्लामा धूमधामका साथ यो पर्व मनाउने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सोमबार बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची
-
पाइलटबिनै १० मिनेटसम्म आकाशमा विमान उडेपछि...
-
हलिउड फिल्म ‘टासी’ को छायाङ्कन टोली मुस्ताङमा
-
निजी विद्यालय र प्रारम्भिक बाल विकासको विषय टुङ्गिन सकेन
-
प्ले–अफ चरणमा पुग्न हतारिएको गुजरात र अगाडि बढ्न संघर्षरत दिल्ली भिड्दै
-
फौजदारी अभियोगमा थुनिएका शिक्षकले सफाइ पाएपछि मागे थुना अवधिभरको तलब, सर्वोच्चले के भन्यो ?