शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चैत ३ गतेदेखि प्रथम जीतपुर सिमरा क्रिकेट कप हुने

मङ्गलबार, २९ फागुन २०८०, १९ : २६
मङ्गलबार, २९ फागुन २०८०

बारा । आगामी चैत्र ३ गतेदेखि प्रथम जीतपुर सिमरा क्रिकेट कप २०८० सुरु हुने भएको छ । 

जीतपुर सिमरा उपमहानगर वडा नं ४ औराहास्थित विशेष आर्थिक क्षेत्र सेजको खाली चौरमा सो प्रतियोगिता हुन लागिएको हो । 

चैत ३ देखि १० गतेसम्म चल्ने प्रतियोगितामा आयोजक टिम जीतपुरसिमरा स्पोर्ट्स क्लबसहित बारा, मकवानपुर, पर्सा, चितवन, रुपन्देहीका ६ वटा टिमको सहभागिता रहने सोमलाल बम्जनले जानकारी दिए ।  

प्रतियोगितामा प्रथम विजेताले १ लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् भने प्रतियोगिताको प्लेयर अफ दि सिरिजले १० हजार नगद र उत्कृष्ट बलर तथा ब्याट्सम्यानलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले संस्था अभियान नेपालले जनाएको छ ।

दक्ष खेलाडी उत्पादन गर्न र उपमहानगरभित्र क्रिकेट गतिविधिलाई निरन्तरता दिने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको जीतपुर सिमरा उपमहानगरका उपप्रमुख भोला प्रसाद अधिकारीले बताए । 

सो क्रिकेट प्रतियोगिताको लागि उपमहानगरले १५ लाख रुपैयाँ र अन्य सहयोगी संघसंस्थाहरुबाट १० लाख रुपैयाँ आर्थिक संकलन गर्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप