शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रुवाबासी नगर्न नेपाली कांग्रेसलाई ओलीको आग्रह

बुधबार, ३० फागुन २०८०, १७ : २९
बुधबार, ३० फागुन २०८०

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देश कुनै धर्म र जाती विशेषको नभएर सबैको साझा भएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ओलीले देशमा साम्प्रदायिकताको आगो झोसेर र प्रतिगमनको बराठको सिंह घोचेर देश अघि बढ्न नसक्ने बताएका हुन् । साथै उनले त्यसक्रममा संसद्को ध्यानाकर्षण हुनुपर्ने बताए । 

‘देशको परिस्थिति सुखद छैन । राजनीतिमा विभिन्न नाम, पहिचान, जात र धर्मका नाममा विद्वेष फैलाउने काम भइरहेका छन् । यो देश जाती र धर्म विशेषको होइन, त्यस्तो बनाउन सकिँदैन । यो देश सबैको साझा हो’, ओलीले भने, ‘हामी डेमोक्रेसीमा यति कुरा पनि बुझ्दैनौ ?’ 

उनले लोकतान्त्रिक मूल्य र मान्यतामा अघि बढ्नुपर्ने भन्दै समाजमा अराजकता मौलाएको बताए । ‘कानुनको राजमा यदि राज्य तलमाथि भएको छ भने संसद्ले नियन्त्रण गर्नुपर्छ’, ओलीले रोजेर ल्याएको प्रणालीमा राजनीतिक परिवर्तन हुँदा आत्तिन नहुने बताए । तर उनले प्रतिस्पर्धा स्वस्थ हुनुपर्ने भन्दै कांग्रेसलाई सत्ता जाँदैमा रुवावासी नगर्न आग्रह गरे । उनले शान्ति प्रक्रिया टुङ्ग्याउन कसले नदिएको भन्दै कांग्रेसलाई प्रश्न गरे । ‘कसले शान्ति प्रक्रियालाई टुङ्ग्याउन दिएन ?’ उनले आफूले पटक पटक शान्तिप्रक्रिया टुङ्ग्याउन आग्रह गर्दै आएको र एमालेले त्यसमा यसअघि कुनै व्यवधान नगरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप