रुवाबासी नगर्न नेपाली कांग्रेसलाई ओलीको आग्रह
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देश कुनै धर्म र जाती विशेषको नभएर सबैको साझा भएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ओलीले देशमा साम्प्रदायिकताको आगो झोसेर र प्रतिगमनको बराठको सिंह घोचेर देश अघि बढ्न नसक्ने बताएका हुन् । साथै उनले त्यसक्रममा संसद्को ध्यानाकर्षण हुनुपर्ने बताए ।
‘देशको परिस्थिति सुखद छैन । राजनीतिमा विभिन्न नाम, पहिचान, जात र धर्मका नाममा विद्वेष फैलाउने काम भइरहेका छन् । यो देश जाती र धर्म विशेषको होइन, त्यस्तो बनाउन सकिँदैन । यो देश सबैको साझा हो’, ओलीले भने, ‘हामी डेमोक्रेसीमा यति कुरा पनि बुझ्दैनौ ?’
उनले लोकतान्त्रिक मूल्य र मान्यतामा अघि बढ्नुपर्ने भन्दै समाजमा अराजकता मौलाएको बताए । ‘कानुनको राजमा यदि राज्य तलमाथि भएको छ भने संसद्ले नियन्त्रण गर्नुपर्छ’, ओलीले रोजेर ल्याएको प्रणालीमा राजनीतिक परिवर्तन हुँदा आत्तिन नहुने बताए । तर उनले प्रतिस्पर्धा स्वस्थ हुनुपर्ने भन्दै कांग्रेसलाई सत्ता जाँदैमा रुवावासी नगर्न आग्रह गरे । उनले शान्ति प्रक्रिया टुङ्ग्याउन कसले नदिएको भन्दै कांग्रेसलाई प्रश्न गरे । ‘कसले शान्ति प्रक्रियालाई टुङ्ग्याउन दिएन ?’ उनले आफूले पटक पटक शान्तिप्रक्रिया टुङ्ग्याउन आग्रह गर्दै आएको र एमालेले त्यसमा यसअघि कुनै व्यवधान नगरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण