रासफोर्डलाई भित्र्याउने प्रयास गर्दै पीएसजी
पेरिस । पेरिस सेन्ट जर्मेनले आगामी सिजन म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्डलाई भित्र्याउने प्रयास जारी राखेको छ । फ्रेन्च क्लबले राफफोर्डलाई भित्र्याउन ८ करोड पाउन्डको अफर पेस गर्ने तयारी गरेको डेली स्टारले समाचार प्रकाशित गरेको हो ।
रासफोर्डले गत सिजनमात्र युनाइेडसँग पाँच वर्षको नयाँ करार गरेका थिए । नयाँ करार अनुसार उनी ओल्ड ट्राफोर्डमा सन् २०२७ सम्म रहनेछन् । तर, रासफोर्डले आगामी सिजन क्लब छाड्न सक्ने चर्चा चलिरहेको छ । यो सिजन उनी लयमा देखिएका छैनन् भने प्रशिक्षक एरिक टेन हागसँग पनि उनको सम्बन्ध राम्रो देखिएको छैन ।
विवादबारे धेरै चर्चा भएपछि गत महिना रासफोर्डले एक विज्ञप्ति जारी गर्दै आफू युनाइटेडसँग प्रतिबद्ध रहेको बताएका थिए । उनले आफ्नो आलोचकहरूलाई जवाफ दिँदै आफू युनाइटेडबाट नै खेल्न चाहेको स्पष्ट पारेका थिए ।
तर, पीएजसी भने रासफोर्डलाई जसरी पनि भित्र्याउन चाहिरहेको छ । अध्यक्ष नासेर अल खेलाफीले २६ वर्षीय फरवार्डलाई किलियान एम्बाप्पेको विकल्पको रूपमा हेरेका थिए । एम्बाप्पे आगामी सिजन पीएसजी छाडेर रियल जाँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण