सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जगदम्बा स्टील्सको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०८०’ नितेश सिलवाललाई

बिहीबार, ०१ चैत २०८०, १६ : ३१
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । जगदम्बा स्टील्स लिमिटेडले यो वर्षको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०८०’ नितेश सिलवाललाई प्रदान गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानको ५८औं वार्षिक उत्सवको अवसरमा, मङ्गलबार थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा नितेश सिलवाललाई उनको शैक्षिक उत्कृष्टताका लागि यस अवार्ड प्रदान गरिएको हो । प्रतिष्ठित ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड’ अन्तर्गत पुरस्कार स्वरुप सिलवाललाई पदक, प्रमाणपत्र, र नगद रु. ५१ हजार प्रदान गरिएको थियो । 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, प्रा. डा. केशरजंग बराल, क्याम्पस प्रमुख, डा. खेम ज्ञवाली, र अन्य सम्मानित प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने कर्पोरेट म्यानेजर विदुर पुरीद्वारा सिलवाललाई प्रदान गरिएको थियो ।

अवार्ड सन् १९८० को दशकबाट उद्यमशीलताको यात्रा सुरु गरेका प्रख्यात उद्यमी तथा जगदम्बा स्टील्स लिमिटेडका संस्थापक शंकरलाल अग्रवालको नाममा राखिएको हो । अग्रवाल नेपालको नामी उद्योगीको साथ साथै परोपकारी कार्यहरूमा पनि उत्तिकै परिचित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप