कांग्रेसलाई पिर पर्यो भन्दैमा एमालेले देश बिग्रन दिँदैन : केपी ओली
बिहीबार, ०१ चैत २०८०, १६ : ४४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिनु पर्दा नेपाली कांग्रेसलाई सारै ठुलो पिर परेको टिप्पणी गरेका छन् । बिहीबार एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेसलाई पिर पर्यो भन्दैमा एमालेले देश बिग्रन नदिने बताएका हुन्।
‘कांग्रेसलाई पिर पर्यो भनेर हामी देश बिग्रन दिँदैनौ । काम नगर्ने अनि सरकारबाट हट्नुपर्यो भनेर पिर गर्ने ?’, ओलीले प्रश्न गर्दै भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवालाई पाँच पटक प्रधानमन्त्री बन्नुभयो देशका लागि एउटा काम के गर्नुभयो भनेर सोध्दा केही छैन ।’ उनले नेकपा एमाले सरकारमा भएका बेला के-के काम गर्यो भन्ने कुरा देखाउन तयार रहेको भन्दै एमाले सम्मिलित गठबन्धनको सरकारले मुलुकका समस्या समाधान गर्ने प्रयास थालिसकेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण