पोखराका सडकमा माग्दै हिँड्ने २५ जनालाई मानव सेवा आश्रम पठाइयो

पोखरा । पोखराका विभिन्न ठाउँमा माग्दै हिँड्ने २५ जनालाई प्रहरीले उद्धार गरी मानव सेवा आश्रम पठाएको छ । नगर प्रहरी र नेपाल प्रहरीले उनीहरूलाई समातेर १८ जना पुरुषलाई हेमजा र ७ जना महिलालाई छोरेपाटन पठाएको हो ।
भिक्षा माग्न कानुनले निषेध गरेकोले पोखराका सडकहरूबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पछिल्लो समय गाडीहरूमा समेत चढेर उनीहरुले भिक्षा माग्ने गरेका छन् । जसका कारण पर्यटकहरू हैरानीमा परेका थिए ।
सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी गरेको छ । त्यसैको पूर्व सन्ध्यामा सडकबाट सहयोगापेक्षी नागरिकहरूलाई उद्धार गरिएको हो । यसअघि पनि सडकबाट उद्धार गरिएकाहरूलाई मानव सेवा आश्रममा पठाउने गरेको थियो ।
तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीलाई सडक सहयोगापेक्षी मानवमुक्त प्रदेश घोषणा गरेका थिए । त्यसका लागि सरकारले प्रतिव्यक्ति मासिक ३ हजार रुपैयाँ सहयोग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते
-
ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधानबारे राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव
-
युके पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ