पोखराका सडकमा माग्दै हिँड्ने २५ जनालाई मानव सेवा आश्रम पठाइयो
पोखरा । पोखराका विभिन्न ठाउँमा माग्दै हिँड्ने २५ जनालाई प्रहरीले उद्धार गरी मानव सेवा आश्रम पठाएको छ । नगर प्रहरी र नेपाल प्रहरीले उनीहरूलाई समातेर १८ जना पुरुषलाई हेमजा र ७ जना महिलालाई छोरेपाटन पठाएको हो ।
भिक्षा माग्न कानुनले निषेध गरेकोले पोखराका सडकहरूबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पछिल्लो समय गाडीहरूमा समेत चढेर उनीहरुले भिक्षा माग्ने गरेका छन् । जसका कारण पर्यटकहरू हैरानीमा परेका थिए ।
सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी गरेको छ । त्यसैको पूर्व सन्ध्यामा सडकबाट सहयोगापेक्षी नागरिकहरूलाई उद्धार गरिएको हो । यसअघि पनि सडकबाट उद्धार गरिएकाहरूलाई मानव सेवा आश्रममा पठाउने गरेको थियो ।
तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीलाई सडक सहयोगापेक्षी मानवमुक्त प्रदेश घोषणा गरेका थिए । त्यसका लागि सरकारले प्रतिव्यक्ति मासिक ३ हजार रुपैयाँ सहयोग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण