शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

शुक्रबार, ०२ चैत २०८०, ०८ : ०३
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । हङकङमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट खेलेर नेपाली टोली शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

हङकङ, पपुवा न्युगिनी (पीएनजी) र नेपाल सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो । समूह चरणमा जित निकाले पनि फाइनलमा पीएनजीसँग स्तब्ध हुँदै उपाधि जित्न असफल भएको थियो ।

काठमाडौँ आइपुगेको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका थिए ।

आइसीसी टी–२० विश्वकप खेल्ने तयारीमा रहेको नेपाली टोलीले अब काठमाडौंमा आयरल्याण्डसँग पनि टी–२० खेल्ने छ । आयरल्याण्डको ए टिमसँग सिनियर टिमले २ वटा खेल खेल्दा अरू नेपालकै ‘ए’ टिमले ६ वटा म्याच खेल्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप