शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्लो एक हप्तामा २४ जनामा डेंगु पुष्टि

शुक्रबार, ०२ चैत २०८०, ११ : २६
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । नेपालमा पछिल्लो एक हप्तामा २४ जनामा डेंगु पुष्टि भएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २०२४ को दशौँ हप्तामा २४ जनामा डेंगु पुष्टि भएको हो । ईडीसीडीले जनवरी १ देखि ७ सम्म पहिलो हप्ता भनेर तथ्याङ्क राख्ने गरेको छ ।

(ईडीसीडी) अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालले याे वर्ष डेङ्गुको संक्रमण भइरहने बताए । डेंगु सार्ने एडिज लामखुट्टेको सङ्ख्या बढेमा डेङ्गु संक्रमण पनि बढ्ने उनले बताए । यो लामखुट्टे सफा पानी र १८ डिग्री बढी तापक्रममा सक्रिय हुन्छ । गर्मी र बर्खा सिजनमा बढी सक्रिय हुने गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप