आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन आज रातिबाट अन्त्य

शुक्रबार, ०२ चैत २०८०, १२ : १९
शुक्रबार, ०२ चैत २०८०

बुटवल । लुम्बिनी प्रदेशसभाको अधिवेशन आज रातिबाट अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज राती  १२ बजेबाट अधिवेशनको अन्त्य गरेका हुन् । 

प्रदेश प्रमुखको कार्यालयका  प्रवक्ता भूमिश्वर  ढकालले एक सूचना जारी गर्दै चालू अधिवेशन आज राती १२ बजेबाट अन्त्य हुने जनाएका छन् । 

लुम्बिनी सभाको बैठक चैत ४ गते बस्ने तयारी थियो । सत्ता समीकरण फेरबदलसँगै सरकारले अधिवेशन अन्त्य गर्नका लागि बिहीबार प्रदेश प्रमुखलाई पत्राचार गरेको थियो । सोही आधारमा  प्रदेश  प्रमुख शेरचनले अन्त्य गरेका हुन् । लुम्बिनी प्रदेशमा यसअघि यो अधिवेशन जम्मा ३ वटा मात्रै बैठक बसेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप