राजनीतिक स्थायित्व र देशलाई गति दिन नयाँ गठबन्धन बनाइयो: भट्टराई
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा राजन भट्टराईले राजनीतिक स्थायित्व र देशलाई गति दिन नयाँ गठबन्धन बनाइएको बताएका छन् । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अस्ट्रियाको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले वर्तमान गठबन्धन सरकारले देशको अर्थतन्त्र सुदृढ बनाउँदै विकास निर्माण कार्यलाई अघि बढाउने दाबी गरे ।
भट्टराईले देशमा सुशासनको प्रत्याभूति दिलाउँदै र जनतामा देखिएको निराशालाई चिर्न यो सरकार निर्माण भएकोले प्रवासबाट समेत सकारात्मक सन्देश प्रवाह गर्न अपिल अपिल गरे ।
प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अस्ट्रियाकी सचिव बाबा राजेश्वरी थापाको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा अस्ट्रियाको लागि नेपाली राजदूत भरत राज रेग्मीले आफ्नो छोटो कार्यकालमा नेपाली डायस्पोरा अस्ट्रियाबाट प्राप्त सहयोगबाट आफू अत्यन्त खुसी भएको बताए । उनले दूतावासबाट सक्दो काम गर्ने प्रयास भइरहेको जानकारी गराए ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले मञ्चको विश्वव्यापी अभियान र यसको उद्देश्य तथा कार्यदिशाबारे जानकारी दिँदै छोटो समयमा राष्ट्रिय कमिटी अस्ट्रियाले गरेको कार्यक्रमहरूको प्रशंसा गरे ।
सो अवसरमा एनआरएन युरोपका निवर्तमान संयोजक सन्तोष भट्टराई, एनआरएनए अस्ट्रियाका पूर्व अध्यक्ष विनोद चौलागाई, निवर्तमान युरोप महिला उपसंयोजक निता सापकोटा, वरिष्ठ समाजसेवी राम बहादुर विश्वकर्मा तथा समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थित थियो ।
२ घण्टा सम्म चलेको सो कार्यक्रमको सञ्चालन मञ्चका उपसचिव दिनेश बैदावरले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण