मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरिएको इटालियन पेस्तोल बरामद
रौतहट । रौतहटको सीमावर्ती क्षेत्र परोहा नगरपालिका–९ खाप चोकमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गर्न प्रयोग भएको इटालियन पेस्तोल प्रहरीले बरामद गरेको छ ।
गोली लोड भएको अवस्थामा सेभन एमएमको पेस्तोल प्रहरीले बरामद गरेको हो । नेपाल–भारत सीमा क्षेत्रको १० गजा छेउकै बाँसघारीबाट प्रहरीले पाँच राउन्ड गोली लोड रहेको अवस्थामा अटोमेटिक पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् ।
शुक्रबार अपराह्न मनी ट्रान्सफर सञ्चालक परोहा–९ का नितेस साहमाथि गोली प्रहार गरेपछि भागेका आक्रमणकारी दश गजातर्फ भाग्ने क्रममा बाँसघारीमा उक्त पेस्तोल फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।
डीएसपी एलिजा गिरीसहितको टोली र सशस्त्र प्रहरीको टोलीले हाल घटनास्थल वरपर सर्च अभियान चलाएको छ । बरामद पेस्तोलमा ‘मेड इन इटाली’ लेखिएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं एसपी महेन्द्र श्रेष्ठले बताए । अपराह्न भएको गोली प्रहारको घटनामा संलग्न तीन जना भारतीयलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण