राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना
शनिबार, ०३ चैत २०८०, १० : ३५
महोत्तरी । राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका थिए । विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी आइपुगेका राष्ट्रपति पौडेलले केहीबेर अघि जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन्।
राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भर्याङमुनि) जलभित्र रहेका जलेश्वरनाथ महादेवको विशेष पूजा अर्चना गराएका हुन् । उनले मन्दिर परिसरमा माता पार्वती र गणेशको पनि पूजाअर्चना गरेका थिए ।
बाबा जलेश्वरनाथको पूजापश्चात् राष्ट्रपति पौडेल जलेश्वर नगरपालिका–५ चौरिया गाउँमा अवस्थित पूर्वखेलकुदमन्त्री स्व गणेश नेपालीको सालिक अनावरण कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण