नेसपाको महिन्द्र पक्षमाथि कारबाहीको तयारीमा बाबुराम पक्ष
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले अध्यक्ष महिन्द्र राय यादव पक्षमाथि कारबाहीको तयारी भएको छ । पार्टीभित्र छलफल नगरी शनिवार माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको भन्दै अर्का अध्यक्ष बाबुराम भट्टराई पक्षले कारबाहीको तयारी गरेको हो ।
कारबाहीको विषयमा आइतबार बस्ने केन्द्रीय कार्यकारिणी बैठकले आवश्यक निर्णय लिने कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए ।
‘व्यक्तिगत हिसाबमा उहाँहरू पार्टी प्रवेश गर्नुभएको हो । कारबाहीको विषमयमा छलफल हुन्छ । के गर्ने भन्ने विषयमा थप निर्णय लिन अहिले केन्द्रीय कार्यकारिणी बैठक बस्दै छ’, उनले भने ।
तर, महिन्द्र पक्षधरले बैठक बहिस्कार गर्ने निर्णय गरिसकेको छ । आफूहरूसँग कुनै सल्लाह नगरी अध्यक्ष बाबुरामले बैठक बोलाएको भन्दै केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बैठकमा नजाने महासचिव रमेशप्रसाद यादवले जानकारी दिए ।
‘उहाँहरूले कार्यकारिणी समितिको बैठक राख्नुभएको छ । के निर्णय हुन्छ, त्यसअनुसार थप निर्णय गर्छौँ । उहाँले बोलाएको बैठकमा जाँदैनौँ’, यादवले भने ।
महासचिव यादवले २४ जना कार्यकारिणी समितिमध्ये १२ जना आफूहरूसँग रहेको दाबी गरेका छन् । यस्तै निर्वाचन आयोगमा अध्यावधि भएको मध्ये बहुमत सदस्य आफूहरूसँग रहेको उनले जिकिर गरे ।
उनका अनुसार अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष द्वय गंगानारायण श्रेष्ठ, गोविन्द चौधरी, रमेशप्रसाद यादव, सलमा खार्तुन मिक., बन्दना श्रेष्ठ(सुवेदी), दुर्गादेवी भट्टराई, देवेन्द्र यादव, कक्कलबहादुर थिङ, देवीबहादुर बुढाथोकी लगायत नेताहरू बैठकमा जाने छैनन् ।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र र नेसपाका महिन्द्र पक्ष समूहबिच पार्टी एकता गर्ने ४ बुँदे सहमति भएको थियो । उक्त निर्णयबाट अध्यक्ष बाबुराम आक्रोशित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण