टीकापुरको एउटै वडालाई किन गरियो ४ भागमा विभाजन ?
धनगढी । कैलालीको टीकापुर नगरपालिकाको एउटा वडालाई ४ भागमा विभाजन गरिएको छ । नगरपालिकाको हालै बसेको नगरसभाले वडा नं. १ लाई ४ भागमा विभाजन गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख रामलाल डगौरा थारुको अध्यक्षतामा भएको नगर सभामा वडा नं १ लाई ४ वटा वडामा विभाजन गर्ने प्रस्ताव वडा नं. १ का वडाध्यक्ष मोहन लुहार बिकले पेस गरेका थिए । सो प्रस्तावमाथि छलफल गर्दा सो निर्णय भएको नगरप्रमुख डगौराले जानकारी दिए ।
जनसङ्ख्याको हिसाबले सबैभन्दा ठुलो वडा भएको र जहाँ सेवा प्रवाहमा समस्या हुने भएको हुँदा सो निर्णय गरिएको नगरप्रमुख डगौराको भनाइ छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार ९८ हजार जनसङ्ख्या रहेको टीकापुर नगरपालिकाको १ नं. वडामा मात्रै ४६ हजार जनसङ्ख्या रहेको छ ।
नगरप्रमुख डगौराका अनुसार नगरसभाले वडा नं. १ को जमरा पुल पारी क्षेत्रलाई एउटा वडा बनाउने निर्णय गरेको छ । जसको क्षेत्रफल ७.२५ वर्ग किलोमिटर रहेको हो ।
ब्लक नं. ९, १०, ११, १२, १३, १५, १६, २२, २३ र व्यवसाय क्षेत्रलाई अर्को वडा कायम गरिने छ । जसको क्षेत्रफल २.५३ वर्ग किलोमिटर क्षेत्र समेटिने छ ।
ब्लक नं ४, ५, ६, ७, ८ ,२४, २५ वनगाउँ र छेगरखैला क्षेत्रलाई अलग वडा बनाइने भएको छ । यसको क्षेत्रफल ५.५३ किलोमिटर हुनेछ ।
त्यस्तै ब्लक नं ए, बी, सी, १४, १७, १८, १९, २०, २१ जमरावारी शक्ति नगर र शिव नगरसम्मका शिविर क्षेत्र अर्को वडा बनाइने निर्णय गरिएको छ । यसको क्षेत्रफल ४.७१ किलोमिटर रहेको छ ।
नगरवासीले लामो समयदेखि वडा विभाजन गरिनुपर्ने माग गर्दै आएका थिए । सोही माग अनुसार नगरस्थित राजनीतिक दललगायत सरोकारवाला पक्षसँगको परामर्शमा भूगोल र क्षेत्रलाई मिलाएर वडामा विभाजन गरिएको बताइएको छ ।
नगरपालिकाको सो निर्णय प्रदेश सरकार कहाँ सिफारिसको लागि पठाउने भएको छ । प्रदेश सरकारको सिफारिसपछि संघीय सरकारले नगरसभाको सो निर्णय स्वीकृत गरे वडा विभाजन हुने प्रावधान रहेको छ ।
नगरसभाको सो निर्णय स्वीकृत भएको अवस्थामा आउँदो निर्वाचनमा नयाँ वडाहरुले कार्यसम्पादनदेखि लिएर जनप्रतिनिधि समेत पाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण