शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा नयाँ प्रदेश प्रमुख भट्टले सम्हाले पदभार

आइतबार, ०४ चैत २०८०, १७ : ४०
आइतबार, ०४ चैत २०८०

पोखरा । गण्डकीका नयाँ प्रदेश प्रमुखले कार्यभार सम्हालेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिमका डिल्लीराज भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेका थिए । फागुन २८ गते नियुक्त भएका भट्ट शनिबार पोखरा आइपुगेका हुन् ।

उनलाई गण्डकीका मुख्यमन्त्री, मन्त्रीसहित सभामुख, विपक्षी दलका नेताहरूले स्वागत गरेका थिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालसम्म सरकारले गरेका कामका बारेमा प्रदेश प्रमुखलाई अवगत गराए । निवासमा भएको औपचारिक कार्यक्रमलगत्तै भट्टले कार्यालय पुगेर पदभार सम्हालेका छन् ।

भट्टले संविधानको पूर्ण कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए । ‘२८ गतेअघि पार्टीमा पार्टीमा क्रियाशील थिएँ,’ उनले भने, ‘जसरी पार्टीमा प्रतिबद्ध भएर लागेको थिएँ, अब संविधान र कानुन पालना र कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्नेछु । सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।’

यसअघि गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख थिए । सत्ता गठबन्धन फेरिएसँगै गुरुङ पदमुक्त भएका हुन् । हालसम्म गण्डकीमा ५ जना प्रदेश प्रमुख फेरिएका छन् । सुरुमा बाबुराम कुँवर प्रदेश प्रमुखको रूपमा खटिएका थिए । त्यसपछि अमिक शेरचन, सीता पौडेल र पृथ्वीमान प्रदेश प्रमुखको रूपमा काम गरे । भट्ट एमाले निकट नेता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप