मधेसमा मन्त्रिपरिषद् पुनर्गठन हुँदै, एमालेबाट सरोज यादवले भौतिक मन्त्रीको शपथ लिने
वीरगन्ज । मधेस प्रदेश सरकारले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको छ । सत्ता समीकरण फेरबदल भएको करिब २ साता पछाडि मधेस प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
कार्यालयका प्रेस सल्लाहकार अतीस मिश्राले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको बताए । उनका अनुसार सोमबार नै एमालेलाई सरकारमा समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्न लागिएको हो ।
सहमतिअनुसार एमाले प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादव मन्त्री बन्ने निश्चित भइसकेको छ । प्रेस सल्लाहकार मिश्राका अनुसार उनले भौतिक पूर्वाधार तथा विकास मन्त्रीको शपथ लिनेछन् ।
उनका अनुसार मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद्को पुनर्गठनको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेको छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले पुनर्गठनबारे प्राप्तअनुसार मन्त्रिपरिषद्को पुनर्गठन गरिएको अर्को पत्र प्रदेश सरकारमा पठाएपछि शपथ खुवाउने कार्यक्रम गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
एमालेभित्र को मन्त्री बन्ने भन्नेबारे विवाद बढी देखिएपछि पहिलो चरणमा यादवलाई मात्रै शपथ खुवाउन लागिएको एमाले मधेस प्रदेशले जनाएको छ ।
मधेस प्रदेश सरकारमा अझै पनि नेपाली कांग्रेस सरकारमै छ । कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्री छन् । यसैगरी कांग्रेसबाट गृह तथा सञ्चार मन्त्री मोहम्मद समिम र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र सिंह छन् । कांग्रेसबाट प्रदेश सरकारमा रहेका कुनै पनि मन्त्रीले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण