महरालाई प्रचण्डको फोन– निलम्बन गरौँ कि राजीनामा दिनुहुन्छ ?

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डले फोन गरेका छन् । प्रहरी नियन्त्रणमै रहे पनि हाल नर्भिक अस्पतालमा रहेका महरालाई प्रचण्डले मङ्गलवार फोन गरेका हुन् ।
माओवादी केन्द्रको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठककै बिचमा प्रचण्डले महरालाई फोन गरेका हुन् । सो क्रममा प्रचण्डले प्रश्न उठिसकेकाले अब के गरौँ भनेर महरालाई सोधेका थिए ।
‘प्रधानमन्त्रीज्यूले महरालाई फोन गरेर आफै राजीनामा दिनुहुन्छ कि निलम्बन गरौँ भनेर सोध्नुभयो’, बैठकका सहभागी एक पदाधिकारीले भने, ‘यस विषयमा एक घण्टामा महराले जानकारी दिने बताउनु भएको छ ।’ महराको जवाफ आएपछि थप कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको ती पदाधिकारीको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्ड मङ्गलवार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने भएकाले थप छलफल गर्न नभ्याइएको र अर्को बैठकबाट ठोस निर्णय लिने बैठकपछि प्रवक्ता अग्नि सापकोटाले बताए । ‘उपाध्यक्ष महराको बारेमा धेरै राम्रोसँग छलफल भइरहेको छ। हरेक पाटाबारे गम्भीरतापूर्वक छलफल भइरहेको छ’, उनले भने, ‘आज निर्णय भएको छैन । अर्को बैठकबाट निर्णय हुन्छ ।’
बैठकमा केही नेताहरूले सुन तस्करीमा मुछिएका महरालाई निलम्बन गर्नुपर्ने माग गरेका थिए । प्रचण्डले पनि महरालाई बचाउने पक्षमा आफू नभएको र राज्यले गरेको छानबिन प्रक्रियामा सहयोग गर्ने बताएका थिए ।
यद्यपि निलम्बन गर्ने विषयमा महराको प्रतिक्रिया आएपछि मात्रै थप छलफल गरेर कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमण उपलब्धिपूर्ण रह्यो : मुख्यमन्त्री शाह
-
मकवानपुर महिला गोल्डकप : फाइनलमा एपीएफ र पुलिस भिड्ने
-
असार अन्तिममा गण्डकी कप महिला फुटबल हुने
-
पोखरामा अनधिकृत व्यापारले हैरानी, व्यवसायीलाई दु:ख नदिन महानगरसँग आग्रह
-
कर्णाली प्रदेशमा खानेपानीको समस्या अन्त्य गर्छौँ : मन्त्री यादव
-
लागूऔषध सहित पोखराबाट २ जना पक्राउ