शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सन्‍न्‍यास फिर्ता लिएर टेस्ट क्रिकेटमा फर्किए श्रीलंकाली लेग–स्पिनर हसारंगा

मङ्गलबार, ०६ चैत २०८०, १४ : ४३
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । टेस्ट क्रिकेटबाट सन्न्यास लिएको करिब एक वर्षपछि चर्चित श्रीलंकाली क्रिकेटर वानिन्दु हसारंगाले आफ्नो सन्‍न्‍यास फिर्ता लिएका छन् । २६ वर्षीय अलराउन्डर हसारंगाले निकट भविष्यमा हुने बंगलादेशविरुद्धको टेस्ट शृंखलाका लागि सन्‍न्‍यास फिर्ता लिएका हुन् ।

श्रीलंकाले बंगलादेशसँग दुई टेस्टको शृंखला खेल्ने कार्यक्रम रहेको छ । श्रीलंका र बंगलादेशबिचको पहिलो टेस्ट शुक्रबार सुरु हुनेछ । उक्त टेस्ट आईसीसी वल्र्ड टेस्ट च्याम्पियनसिप शृंखलाअन्तर्गत खेल्न लागिएको हो ।

प्रभावशाली लेग–स्पिनर हसारंगाले आफ्नो अन्तिम टेस्ट सन् २०२१ को अप्रिलमा खेलेका थिए । उनले हालसम्म श्रीलंकाका लागि केवल चारवटा टेस्ट खेलेका छन् । टेस्ट क्रिकेटमा उनले एक अर्धशतकको मद्दतले कुल एक सय ९६ रन बनाएका छन् ।

टेस्ट क्रिकेटमा उनले चार विकेट पनि लिएका छन् । उनले चारवटै विकेट टेस्टको एउटै पालीमा लिएका हुन् । यसका अतिरिक्त उनले श्रीलंकाका लागि ५४ एकदिवसीय अन्तर्राष्ट्रिय ६५ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् ।

बंगलादेशविरुद्धको टेस्टका लागि घोषित श्रीलंकाली टोलीमा धनन्जय डा सिल्भा (कप्तान), कुशल मेन्डिस (उपकप्तान), दिमुथ करुणारत्ने, निसान मदुसका, एन्जेलो म्याथ्युज, दिनेश चन्डिमल, सदिरा सामराविक्रमा, कामिन्दु मेन्डिस, लाहिरु उदरा, वानिन्दु हसारंगा, प्रभाथ जयसूर्या, रमेश मेन्डिस, निशान पेइरिज, कसुन रजिथा, विश्वा फर्नान्डो, लाहिरु कुमारा र चामिका गुनशेकरा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप