उपनिर्वाचनबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो बैठक
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक बुधबार दिउँसो २ बजे पार्टी कार्यालय आलोकनगरमा बस्नेगरी बोलाएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
‘२ बजे सचिवालय बैठक छ । तीन बजेदेखि मस्यौदा समितिको बैठक पनि बस्छ’, खनालले रातोपाटीलाई जानकारी दिए । सचिवालय बैठकमा महाधिवेशन केन्द्रित विषयका साथै उपनिर्वाचनमा पार्टीले उम्मेदवार उठाने नउठाउनेबारे छलफल हुने नेताहरूको भनाइ छ । बैशाख १५ गते इलाम २ र बझाङ प्रदेश १ मा उपनिर्वाचन हुँदैछ । खासगरी इलाम २ मा एमालेको सहयोगमा झलनाथ खनालले उम्मेदवारी दिने चाहाना राखेका छन् । तर एमालेले स्वर्गीय सुवास नेम्वाङका पुत्र सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने चर्चा चले पनि निर्णय गरिसकेको छैन ।
उपाध्यक्ष केशवलाल श्रेष्ठले सचिवालय बैठकका एजेन्डाबारे जानकारी नगराइएको बताए । ‘सचिवालय बैठकका एजेन्डाका बारेमा जानकारी गराइएको छैन’, श्रेष्ठको भनाइ छ ।
सो पार्टीले आगामी जेठ पहिलो साता दसौँ राष्ट्रिय महाधिवेशन गर्दै छ । महाधिवेशनमा पेस गर्ने दस्ताबेज तयार गर्न शीर्ष नेता सम्मिलित ‘दस्ताबेज मस्यौदा समिति’को बैठक चैत ६ गतेबाट बसिरहेको छ । १० गतेसम्म बस्ने बैठकले दस्ताबेजलाई अन्तिम रूप दिने तयारी छ । सो पार्टीले महाधिवेशनमा पेस गर्ने दस्ताबेज तयार गर्न अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको २७ सदस्यीय दस्ताबेज मस्यौदा समिति गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण