यस्तो छ फिल्म ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा,यता न उता’
काठमाडौंँ । अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक भएको छ । गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिस निरौलाको संगीत र सुलक्षण भारतीको शब्द छ ।
गीतमा अभिनेत्री केकी र फिल्मका निर्देशक तथा अभिनेता सुलक्षण भारती फिचर्ड छन् । भिडियोमा उनीहरुको विवाह र त्यसपछिको अवस्था चित्रण गरिएको छ । फिल्म आगामी वैशाख १४ गतेबाट रिलिज हुँदैछ । फिल्म आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ माथि बनेको हो । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म निर्माण भएको छ ।
फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोला लगायतको अभिनय छ । केकी अधिकारीकाे प्रस्तुतिमा निर्माण भएको फिल्ममा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । फिल्ममा निर्माता केकीका बाबु बद्री अधिकारी र कार्यकारी निर्माता राज घिमिरे हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण