बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ फिल्म ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा,यता न उता’

बिहीबार, ०८ चैत २०८०, १४ : १५
बिहीबार, ०८ चैत २०८०

काठमाडौंँ । अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक भएको छ । गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिस निरौलाको संगीत र सुलक्षण भारतीको शब्द छ ।

गीतमा अभिनेत्री केकी र फिल्मका निर्देशक तथा अभिनेता सुलक्षण भारती फिचर्ड छन् । भिडियोमा उनीहरुको विवाह र त्यसपछिको अवस्था चित्रण गरिएको छ । फिल्म आगामी वैशाख १४ गतेबाट रिलिज हुँदैछ । फिल्म आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ माथि बनेको हो । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म निर्माण भएको छ ।

फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोला लगायतको अभिनय छ । केकी अधिकारीकाे प्रस्तुतिमा निर्माण भएको फिल्ममा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । फिल्ममा निर्माता केकीका बाबु बद्री अधिकारी र कार्यकारी निर्माता राज घिमिरे हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप