सञ्चार माध्यमलाई प्रशासनले नियमन गर्ने गृहमन्त्रीको हुकुमी निर्देशन सच्चाउन प्रेस युनियनको माग

काठमाडौँ । गृह मन्त्रालयले अनलाइन समाचार पोर्टल, फेसबुक, एक्स (ट्विटर) लगायतका सामाजिक सञ्जाल र छापा माध्यममा प्रकाशन भएको सामाग्रीको नियमन र कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गरेर दिएको निर्देशनप्रति नेपाल प्रेस युनियनले आपत्ति व्यक्त गरेको छ । नेपालको संविधानले सुरक्षित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित र कुण्ठित गर्ने ध्येयले गृह मन्त्रालयले दिएको निर्देशन तत्काल सच्चाउन युनियनले माग गरेको हो ।
नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रतामा हस्तक्षेप हुने गरी गृह मन्त्रालयले दिएको हुकुमी शैलीको लिखित निर्देशनलाई तत्काल खारेज गर्न माग गरेका छन् ।
मुलुकको संविधान र कानुनलाई समेत बेवास्ता गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हुकुमी शैलीमा सञ्चार माध्यमको कन्टेन्टमा नियमन गर्ने गरी दिएको यो लिखित निर्देशनले विधिको शासन, कानुनी राज्यको समेत उलङ्घन गरेको उल्लेख छ । सञ्चार कर्मबाट राजनीतिमा प्रवेश गरेका लामिछानेले सस्तो लोकप्रियताका लागि आफ्नो क्षेत्राधिकार बाहिर गएर संविधानको भावना र मर्म विपरीत निर्देशन दिएको युनियनले जनाएको छ ।
सञ्चार माध्यममा प्रकाशित भएको समाचार अनर्गल, आधारहीन, भ्रामक भएको तथ्य जाँच गर्ने काम गृह प्रशासनको नभएको स्पष्ट पार्दै समाचारको विषयमा चित्त नबुझे, गुनासो भए प्रेस काउन्सिल नेपालमा उजुरी गर्न आग्रह गरेको छ । सञ्चार माध्यमले आचारसंहितालाई पूर्ण कार्यान्वयनमा ल्याउनुपर्छ भन्ने युनियनको मान्यता रहेको युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सञ्चार कर्मबाट राजनीतिक कर्म सुरु गरेका उपप्रधानमन्त्री तथा गृहमन्त्री छामिछानेलाई आफ्नो राजनीतिक यात्राको जगलाई स्मरण गराउँदै प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धताबाट विचलित नहुन पनि युनियनले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य
-
‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की
-
कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु
-
कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच
-
“भ्रष्टाचार विरुद्धका कविता” पुस्तक लोकार्पण, ४ लाख नगद सहित सर्जकलाई सम्मान
-
विद्यार्थीको कपालको लम्बाइबारे लचिलो बन्यो थाइल्यान्ड