नेपाल लाइफद्वारा जीवन बीमाबारे अन्तरक्रिया कार्यक्रम आयोजन
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषयमा छलफल गर्न एक विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्सनको समुपस्थितिमा काठमाडौँको होटल एम्बेसडरमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका साथ यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । यस किसिमको विचार मन्थन गर्ने परिपाटीको विकासले नेपाली बीमा बजारमा क्रियाशील रहेकाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा भइरहेका विकासक्रम तथा असल अभ्यासहरूसँग चिरपरिचित हुन सहज हुने बताए ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले अहिले बदलिँदो परिवेशमा बीमा बजारको सुधारका निम्ति नियामकको रूपमा विभिन्न पहलकदमीहरु चालिरहेको कुरा बताए । बीमा बजारको विकाशका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न सुधारात्मक कार्यहरू हुँदै आएको र सोको निरन्तरता हुने उनको प्रतिबद्धता थियो ।
मिलिम्यान समूहका फिलिप ज्याक्सनले नेपालको बीमा क्षेत्रका अवसर,समस्या र चुनौतीका बारेमा बृहत् प्रस्तुतीकरण दिएका थिए । उनले नेपाली जीवन बीमा कम्पनीहरूलाई अहिलेको निर्देशनले भ्यालुएसनमा पारेको प्रभाव र त्यसका सीमाहरूको बारेमा चर्चा गरे । त्यसका साथसाथै फ्युचर बोनस प्रोभिजनिङ तथा त्यसका आयामहरूको बारेमा समेत प्रकाश पारेका थिए ।
नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उपस्थितिका निम्ति सबैलाई धन्यवाद ज्ञापन गर्दै यस किसिमको आयोजनले बीमा क्षेत्रलाई दिशानिर्देश गर्न सहज हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण