शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कोलम्बियासँग स्पेन स्तब्ध

शनिबार, १० चैत २०८०, ०७ : १७
शनिबार, १० चैत २०८०

लण्डन । लण्डन स्टेडियममा खेलिएको मैत्रीपूर्ण खेलमा स्पेन दक्षिण अमेरिकी टोली कोलम्बियासँग पराजित भएको छ । क्रिस्टल प्यालेसका डिफेन्डर ड्यानियल मुनोजले गोल गर्दा स्पेन ०–१ गोलअन्तरले स्तब्ध बन्यो ।

मुनोजले खेलको ६१ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । लिभरपुलका लुइस डियाजको पासमा उनले एक्रोबेटिक भलीमार्फत गोल गर्दै टोलीलाई जीत दिलाए ।

सन् २०१६ जर्जियासँग पराजित भएयता मैत्रीपूर्ण खेलमा स्पेनको यो पहिलो पराजय थियो । खेलमा स्पेनले तीन जना नयाँ खेलाडीलाई अवसर दिएको थियो, जसमा बार्सिलोनाका १७ वर्षीय डिफेन्डर पाउ कुबार्सी रहेका थिए । त्यस्तै रियल सोसिडाडका गोलकिपर एलेक्स रेमिरो र एथ्लेटिक बिल्बाओका डिफेन्डर ड्यानियल भियिानले पनि स्पेनका लागि डेब्यू गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप