कोलम्बियासँग स्पेन स्तब्ध
शनिबार, १० चैत २०८०, ०७ : १७
लण्डन । लण्डन स्टेडियममा खेलिएको मैत्रीपूर्ण खेलमा स्पेन दक्षिण अमेरिकी टोली कोलम्बियासँग पराजित भएको छ । क्रिस्टल प्यालेसका डिफेन्डर ड्यानियल मुनोजले गोल गर्दा स्पेन ०–१ गोलअन्तरले स्तब्ध बन्यो ।
मुनोजले खेलको ६१ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । लिभरपुलका लुइस डियाजको पासमा उनले एक्रोबेटिक भलीमार्फत गोल गर्दै टोलीलाई जीत दिलाए ।
सन् २०१६ जर्जियासँग पराजित भएयता मैत्रीपूर्ण खेलमा स्पेनको यो पहिलो पराजय थियो । खेलमा स्पेनले तीन जना नयाँ खेलाडीलाई अवसर दिएको थियो, जसमा बार्सिलोनाका १७ वर्षीय डिफेन्डर पाउ कुबार्सी रहेका थिए । त्यस्तै रियल सोसिडाडका गोलकिपर एलेक्स रेमिरो र एथ्लेटिक बिल्बाओका डिफेन्डर ड्यानियल भियिानले पनि स्पेनका लागि डेब्यू गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण