मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक : प्रदेश प्रमुख मिया
कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाले धार्मिक सहिष्णुताका साथ मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताएका छन् ।
अन्तर धार्मिक सद्भाव समन्वय सङ्घ नेपाल रुपन्देहीले आज धनगढीमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले सो कुरा बताए । उनले धार्मिक र जातीय द्वन्द्व जस्ता गतिविधि हुन नदिन र सबै जातजाति, धर्मका मानिस बस्न र खेल्न पाउने वातावरण बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।
कुनै पनि धर्ममाथि कसैले हस्तक्षेप गर्न नमिल्ने उनले बताए ।
प्रदेश प्रमुख मियाले सुदूरपश्चिम धार्मिक रूपमा शान्त भएको बताउँदै सधैँ शान्त राख्न सजग भएर अघि बढ्नुपर्ने बताए । उनले धार्मिक सद्भाव सङ्घका तर्फबाट सम्मान गरिएको हो । सङ्घका उपाध्यक्ष चन्दा थापाले प्रदेश प्रमुख मियाको नेतृत्वमा रुपन्देहीमा केही महिना अघि सो संस्था गठन गरिएको जानकारी दिए ।
उनका अनुसार सो संस्थामा नेपालमा रहेका सबै धर्मका अगुवा सम्मिलित छन् । सो संस्था देशभर धार्मिक द्वन्द्व हुन नदिने गरी काम गर्न स्थापना भएको उपाध्यक्ष थापाले बताए ।
धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले मियाँको अध्यक्षतामा रुपन्देहीमा अन्तर धार्मिक सद्भाव सङ्घ गठन गरिएको थियो । सङ्घका केन्द्रीय अध्यक्ष प्रदेश प्रमुख नियुक्त भएपछि सम्मान गर्न रुपन्देहीको टोली कैलालीको धनगढी पुगेको हो ।
सम्मान कार्यक्रममा रुपन्देहीका शोभाकर पौडेल, सुरेश थापालगायतले प्रदेश प्रमुख मियाको नियुक्तिका लागि बधाई र कार्यकालको सफलताको शुभकामना दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण