‘बोक्सीको घर’ मा यस्तो छ केकीको क्यारेक्टर लुक्स
सोमबार, १२ चैत २०८०, १३ : ३०
काठमाडौँ । आगामी वैशाख १४ गतेबाट रिलिज हुने फिल्म ‘बोक्सीको घर’ को क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । निर्माण युनिटले केकीको फिल्म भित्र रहेको क्यारेकटर लुक्स बाहिर ल्याएको हो ।
टिजरमा सस्पेन्सका रुपमा राखिएको लुक्सलाई अहिले प्रचारका लागि सार्वजनिक गरिएको हो । सुलक्षण भारतीको लेखन निर्देशन रहेको फिल्मका निर्माता बद्री अधिकारी हुन् ।
महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि घुमेको फिल्ममा कार्यकारी निर्माता राज घिमिरे हुन् । फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय देख्न सकिन्छ ।
फिल्ममा शिवराम श्रेष्ठको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मस्ले फिल्मको वितरण अधिकार लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण