टी- २० क्रिकेट
नेपालले गुमायो लगातार दुई विकेट
सोमबार, १२ चैत २०८०, १५ : १२
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी-२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय २२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले लगातार दुई विकेट गुमाएको छ ।
नेपालले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान असिफ शेख पेभेलियन फर्किएका हुन् । आउट हुनुअघि उनले ११ बलमा एक छक्का र दुई चौकाको मद्दतले १६ रन बनाएका थिए । उनलाई आयरल्यान्ड ‘ए’ का बलर गारेथ डेलानीले एलबीडब्लूको धरापमा पारेका थिए । ३.२ ओभरमा आसिफ आउट हुँदा नेपालले ३२ रन बनाएको थियो ।
नेपालले दोस्रो विकेटका रूपमा कप्तान रोहित पौडेललाई शून्य रनमै गुमाएको थियो । उनलाई आयरल्यान्डका बलर डेलानीले डोहेनीद्वारा क्याच गराएका थिए । ३.४ ओभरमा कप्तान रोहित आउट हुँदा नेपालले ३२ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण