हामीले स्ट्रयाटेजी बदलेका छौँ : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको ओरालो यात्रा रोक्न एमाले सत्ता समीकरण फेरबदलमा लागेको दाबी गरेका छन् ।
मंगलबार एमाले बागमती प्रदेश कमिटीको बैठकमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै महासचिव पोखरेलले मुलुक ओरालो यात्रामा अघि बढिरहेका बेला सत्ता समीकरणमा बदलाव ल्याएको बताएका हुन् ।
‘ओरालो यात्रालाई रोक्ने र मुलुकलाई सकारात्मक दिशातर्फ फर्काउने प्रयत्न गरिरहेका छौ’, महासचिव पोखरेलले भने, ‘र हामीले हाम्रा मन्त्री र कामका जिम्मेवारीहरूलाई प्रभावकारी बनाउने कुरा प्रमुख कर्तव्य त हुँदै हो । सँगसँगै सरकारलाई पनि सकारात्मक दिशातिर बढाउने कुरामा हाम्रो भूमिका रहनुपर्दछ ।’
नेता पोखरेलले यो समीकरण पूर्ण कार्यकालसम्म अगाडि बढाउने एमालेको चाहाना भएको पनि बताए । ‘विगतका तिता अनुभव पनि छन् । गएको समयका अवस्थाहरूलाई विश्लेषण गरी हामीले अहिले स्ट्याटेजी बदलेका छौँ’, पोखरेलले भने, ‘हामीले हाम्रो पार्टीको हैसियतअनुसार भागेदारी खोजेका छैनौँ । किनभने हाम्रा लागि राष्ट्र र जनता केन्द्रमा छन् । मुलुकलाई संकटबाट बाहिर निकाल्न चाहन्छौँ ।’
उनले एमालेको नीतिबाट मुलुकलाई सकारात्मक दिशातिर लैजान चाहेको भन्दै जे जिम्मा पाइन्छ त्यसमाध्यमबाट मुलुकलाई सकारात्मक दिशामा लैजान सकिन्छ भन्ने सन्देश दिन चाहेको बताए । उनले त्यसक्रममा एमाले मिसन ८४ र समृद्ध नेपाल सुखी नेपालीको यात्रामा हिँडिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण