आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रेशम चौधरी विदेश रहेको बेला बैठक बोलाएपछि नाउपामा विवाद

बुधबार, १४ चैत २०८०, ०९ : ४९
बुधबार, १४ चैत २०८०

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आज बिहान र दिउँसो बस्ने भनिएको संस्थापक र सांसदहरूको बैठकमा विवाद उत्पन्न भएको छ ।

पार्टीका संरक्षक नेता रेशमलाल चौधरीको उपस्थिति विना बस्न लागेको बैठकलाई नाउपाका एकथरी संस्थापक नेताका साथै सुदूरपश्चिमका सांसदहरू बहिष्कार गर्ने तयारीमा  छन् । रेशम यतिबेला जापान भ्रमणमा छन् ।

नाउपा स्रोतका अनुसार  संरक्षक चौधरीको अनुपस्थितिमा पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले बैठक बोलाएपछि एकथरी संस्थापक नेताहरू र सांसदहरू रुष्ट छन् । बैठक बिहान नौ बजे बोलाए पनि केही नेता र सांसदहरू टीकापुरमा नगई हालसम्म धनगढीमै रहेको नाउपा स्रोतले बतायो ।

पार्टी अध्यक्ष श्रेष्ठले फागुन २१ पछि बनेको नयाँ समीकरणको नेतृत्वमा सरकारमा जानुपर्ने बताउँदै आएकी छिन् । तर त्यसको विपरीत श्रेष्ठकी पति समेत रहेका संरक्षक चौधरी कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई साथ दिनुपर्ने मनसायमा छन् ।

सङ्घीय सरकारमा सहभागितासहित सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबारे निर्णय गर्न आज बैठक बोलाएको थियो ।

नाउपाका ७ जना सांसदहरूमध्ये सुदूरपश्चिम सरकारका ५ जना मन्त्री छन् । आज बोलाइएको बैठकमा ५ मन्त्री बाहेक २ दुई जना सांसद मात्रै टीकापुर पुगेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप