रेशम चौधरी विदेश रहेको बेला बैठक बोलाएपछि नाउपामा विवाद
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आज बिहान र दिउँसो बस्ने भनिएको संस्थापक र सांसदहरूको बैठकमा विवाद उत्पन्न भएको छ ।
पार्टीका संरक्षक नेता रेशमलाल चौधरीको उपस्थिति विना बस्न लागेको बैठकलाई नाउपाका एकथरी संस्थापक नेताका साथै सुदूरपश्चिमका सांसदहरू बहिष्कार गर्ने तयारीमा छन् । रेशम यतिबेला जापान भ्रमणमा छन् ।
नाउपा स्रोतका अनुसार संरक्षक चौधरीको अनुपस्थितिमा पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले बैठक बोलाएपछि एकथरी संस्थापक नेताहरू र सांसदहरू रुष्ट छन् । बैठक बिहान नौ बजे बोलाए पनि केही नेता र सांसदहरू टीकापुरमा नगई हालसम्म धनगढीमै रहेको नाउपा स्रोतले बतायो ।
पार्टी अध्यक्ष श्रेष्ठले फागुन २१ पछि बनेको नयाँ समीकरणको नेतृत्वमा सरकारमा जानुपर्ने बताउँदै आएकी छिन् । तर त्यसको विपरीत श्रेष्ठकी पति समेत रहेका संरक्षक चौधरी कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई साथ दिनुपर्ने मनसायमा छन् ।
सङ्घीय सरकारमा सहभागितासहित सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबारे निर्णय गर्न आज बैठक बोलाएको थियो ।
नाउपाका ७ जना सांसदहरूमध्ये सुदूरपश्चिम सरकारका ५ जना मन्त्री छन् । आज बोलाइएको बैठकमा ५ मन्त्री बाहेक २ दुई जना सांसद मात्रै टीकापुर पुगेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण