शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अफिम खेती गरेर चोप संकलन गर्ने युवक पक्राउ

बुधबार, १४ चैत २०८०, २० : ५३
बुधबार, १४ चैत २०८०

काठमाडौँ । प्रहरीले लमजुङको मध्यनेपाल नगरपालिका–३ मा अफिम खेती गरेर चोप संकलन गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नम्बर–८ घर भएका हिमाल लामा थिङ छन् ।

ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टिमले अफिम खेती गरेर चोप संकलन गर्ने गरेको सुराकको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । करिब ३ रोपनी जग्गामा उनले अफिम खेती गरेका हुन् ।

२६ वर्षीय थिङले संकलन गरेको १०७ दशमलव ४ ग्राम अफिमको चोप बरामद गरिएको लमजुङका डीएसपी मिनबहादुर घलेले रातोपाटीलाई बताए । उनले खेती गरेको १४ हजार ५६६ बोट अफिमको बोट पनि प्रहरीले बरामद गरेको छ ।

मध्यनेपाल नगरपालिका–३ सुर्यपालस्थित लामाचौरमा विष्णु सुवेदीको जग्गामा उनले अफिम खेती गरेका हुन् । जग्गाधनी सुवेदी विदेशमा बस्छन् । विगत १ वर्षदेखि जग्गाको रेखदेख गर्न बसेका थिङले अफिम खेती गरेर चोप संकलन गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आरोपीविरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी घलेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप