अदालतबाट केजरीवालले पाएनन् राहत

नयाँ दिल्ली । मदिरा नीति घोटालामा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अदालतबाट राहत पाएनन् । प्रवर्तन निर्देशनालय (ईडी)ले उनको हिरासत अवधि थप सात दिन बढाउन माग गरेको थियो । यो मामिलामा फैसला सुनाउने क्रममा अदालतले ४ दिन म्याद बढाइदिएको छ ।
ईडीले केजरीवाललाई बिहीबार राउज एभिन्यू अदालतमा पेस गरेको थियो । अदालतले अप्रिल १ सम्ममा उनलाई हिरासतमा राख्न ईडीलाई अनुमति दिएको छ । ईडीले आम आदमी पार्टीलाई सक्न चाहेको केजरीवालको भनाइ थियो । गएको बिहीबार केजरीवालको निवासमा सोधपुछ गरेलगत्तै ईडीले उनलाई पक्राउ गरेको थियो ।
अदालतले बिहीबार दुवै पक्षको दलिल सुनेपछि ४ दिन म्याद थप्ने निर्णय गरेको थियो । अदालतमा केजरीवालले हिरासत अवधि बढाउने ईडीको मागको विरोध गरेनन् । छानबिनमा सहयोग गर्न तयार रहेको पनि उनले बताए । विरोध नगर्नुको मतलब ईडीको आरोप स्वीकार गरेको भन्ने नभएको केजरीवालका वकिलले अदालतमा भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टक एक्सचेन्ज पुनःसंरचना गरी पुँजीबजारको क्षमता वृद्धि गर्ने घोषणा
-
आर्थिक गतिशिलता बढाउन, भ्रष्टाचार नियन्त्रण गर्न र दण्डहिनता अन्त्य गर्न सरकार प्रतिवद्धः राष्ट्रपति पौडेल
-
भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गरिने
-
‘राजमार्गका करिडोरलाई हरित व्यवसायमा आधारित आर्थिक मार्ग बनाइनेछ’
-
सरकारले नयाँ सहकारी राष्ट्रिय नीति जारी गर्ने
-
परोपकार घटना : शौच गरेको निहुँमा विवाद हुँदा पुरुषको हत्या